Saturday 31st October 2026

गजल -राम भण्डारी


आफैं आफैं लुछाचुँडी सबै गिद्ध मर्ने भए ।
झम्टिदै ठुङ्दै चिथोरेर ठूलो भुँडी भर्ने भए ।।

कतिबेला देख्न पर्छ यिनको कन्तविजोग
आफुले खन्या भड्खालोमा आफैं पर्ने भए ।।

यहिँ बसि खाउँ भने गिद्धै गिद्ध चारै तिर
सिनो च्यापि उडौं भने जमिन मै झर्ने भए ।।

झाले गिद्ध माले गिद्ध आपसमै नमिलेर
असन्तुष्टि भागबन्डा नाङ्गो नाच गर्ने भए ।।

हेक्का राख चुहिएको डुङ्गा माथि तैरिएको
डुब्न सक्छौ खोला बिच तरि हाल तर्ने भए ।।

बन्द गर झै-झगडा हामीलाई शान्ति देऊ
सार्नु नै छ छिट्टै गुँड सारि हाल सर्ने भए ।।


सम्बन्धित शीर्षकहरु

विचौलियाको आरोपमा अनुसन्धानको घेरामा रहेका इनम सापकोटासँग सर्वोच्च अदालतका उच्च पदस्थ व्यक्तिहरूको नाम जोडिएपछि न्यायपालिका यतिबेला गम्भीर विवादमा तानिएको छ।…

लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका १२ भन्दा बढी मुख्य सडकखण्ड अवरुद्ध भएका छन्। सडक बन्द…

कुवेतको मुत्ला क्षेत्रमा निर्माणाधीन भवनको सुरक्षा जिम्मेवारी सम्हालिरहेका एक सुरक्षा गार्डको हत्या गरेको आरोपमा बङ्गलादेशी नागरिक पक्राउ परेका छन्। कुवेतको…

प्रतिकृयाहरू
...