Friday 27th March 2026

गजल -राम भण्डारी


गजल

सराबका प्याला सबै पानी पानी लाग्थ्यो ।
सुराको तालमा सुन्दरी सबै रानी लाग्थ्यो ।।

अहंकारको आडमा केबल घमण्ड रहेछ
सहरका बहुमुल्य बस्तु मेरै जबानी लाग्थ्यो ।।

भरपुर बलसँगै उमेरको दम्भ भएर होला
पुर्वजका यथार्थ सुन्दा काहानी लाग्थ्यो ।।

बिना रोकतोक हातमा हात मिलाएर
जस्ले ईच्छा पुरा गर्थे उही दानी लाग्थ्यो ।।

एउटै थियो मेरो मनको मृगतृष्णा मेटने
गोधुलीमा मधुशाला नै जिन्दगानी लाग्थ्यो ।।

-राम भण्डारी
सिन्धुपाल्चोक
हालः काठमाडाैं ।


सम्बन्धित शीर्षकहरु

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

प्रतिकृयाहरू
...