गजल
सराबका प्याला सबै पानी पानी लाग्थ्यो ।
सुराको तालमा सुन्दरी सबै रानी लाग्थ्यो ।।
अहंकारको आडमा केबल घमण्ड रहेछ
सहरका बहुमुल्य बस्तु मेरै जबानी लाग्थ्यो ।।
भरपुर बलसँगै उमेरको दम्भ भएर होला
पुर्वजका यथार्थ सुन्दा काहानी लाग्थ्यो ।।
बिना रोकतोक हातमा हात मिलाएर
जस्ले ईच्छा पुरा गर्थे उही दानी लाग्थ्यो ।।
एउटै थियो मेरो मनको मृगतृष्णा मेटने
गोधुलीमा मधुशाला नै जिन्दगानी लाग्थ्यो ।।
-राम भण्डारी
सिन्धुपाल्चोक
हालः काठमाडाैं ।