Saturday 22nd August 2026

ब्यङ्ग्य कविताः- पुराना थाङ्ना – लोक छन्द(झ्याउरे) -हरि शर्मा(सुबेदी)


ब्यङ्ग्य कविताः- पुराना थाङ्ना
लोक छन्द: (झ्याउरे)
************
कोइली बास्छे कुनामा बसी कसैले सुन्दैन ।
कागको मात्र भएको हावी अहिले युगमा । १ ।

सुटुक्क पस्यो छुचुन्द्रो कतै साहित्य क्षेत्रमा ।
भेटेको जति कत्रन थाल्यो राखेर मुखमा । २ ।

कसैको राम्रो देखेमा नाना छिनमै काट्दछ ।
खोजेर हिँड्छ पुराना थाङ्ना भुजुरी पार्दछ । ३ ।

पारखी भनी घोषणा गर्‍यो भ्यागुतो आफैले
समाती खुट्टा गर्ल्याम्म पार्छ के गरुन् अरुले । ४ ।

छेपारो पनि फेर्दछ रूप समय सापेक्ष ।
जता नि सर्ने गडौँला बाट के गर्नु अपेक्षा । ५ ।

गोरुले भन्छ मैँ धेरै जान्ने गधाले ज्ञानी छु ।
बाँदर त्यतै उफ्रन थाल्यो बिगार्न जान्दछु । ६ ।

तथापि अग्लो शंकर गौरी अरु नि चुलिनु ।
कोइली बास्दा सत्कार गर्नु आदेश यो लिनु । ७ ।

भनेर यहाँ शास्त्रले भन्छ कसैले सुन्दैन ।
आफूको बाहेक कसैको कथा कसैले भन्दैन ।८ ।

हरि शर्मा (सुबेदी)
गलकोट- नुवाकोट, बाग्लुङ, नेपाल
हाल: मिसिगन अमेरिका


सम्बन्धित शीर्षकहरु

लेखक David M. Weinberg ले इजरायलले पश्चिम किनारा, गाजा, सिरिया, लेबनान र इरानसँगको पछिल्लो द्वन्द्वबाट सिकेको सुरक्षा रणनीति अब टर्कीप्रति…

राति आकाशतिर हेर्दा हामी हजारौँ तारा चम्किरहेको देख्छौँ। अझ शक्तिशाली टेलिस्कोपले हेर्ने हो भने हाम्रो आँखाले देख्न नसकेका असंख्य आकाशगंगा…

नेकपा (एमाले)को भातृ संगठन प्रवासी नेपाली मञ्च (ओएनएफ) कुवेतको पाँचौँ राष्ट्रिय अधिवेशन शुक्रबार कुवेतको फरवानियास्थित Chef Naushad Signature Restaurant मा…

प्रतिकृयाहरू
...