Saturday 31st October 2026

गजल -हरि शर्मा(सुबेदी)


गजल
*****

चिनेको छैन हत्त न पत्त बोल्नको हतार ।
नखोली मन लगाको बस्त्र खोल्नको हतार ।१।

देखिन्न कतै गएछ कता पबित्र प्रेम त्यो
सिन्किको मोल तोकेझैँ गरी मोल्नको हतार ।२।

पवित्र प्रेम इश्वरको अंश सत्यता लुकेको
पापको गोली बिछोड ल्याई घोल्न्को हतार।३।

औँशीमा शुरु भएको प्रेम भेटेन पुर्णिमा
पिरको राप निकाली प्रेम पोल्नको हतार ।४।

काँचको चुरा सरी भो प्रेम पिटिक्क भाँचिने
सुन्दर शान्त संसार त्यो बिथोल्नको हतार ।५।

हरि शर्मा (सुवेदी)
गलकोट- नुवाकोट, बाग्लुङ, नेपाल
हाल: मिसिगन अमेरिका


सम्बन्धित शीर्षकहरु

मध्यपूर्व क्षेत्रका प्रमुख विमानस्थलहरूमा सुरक्षा चुनौती र हवाई मार्गमा लगाइएका प्रतिबन्धका कारण उडान सेवा प्रभावित भएको छ। अक्टोबर २९–३० मा…

विचौलियाको आरोपमा अनुसन्धानको घेरामा रहेका इनम सापकोटासँग सर्वोच्च अदालतका उच्च पदस्थ व्यक्तिहरूको नाम जोडिएपछि न्यायपालिका यतिबेला गम्भीर विवादमा तानिएको छ।…

लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका १२ भन्दा बढी मुख्य सडकखण्ड अवरुद्ध भएका छन्। सडक बन्द…

प्रतिकृयाहरू
...