Thursday 22nd October 2026

आखिर चिता एकै – छन्द: सबाई -हरि शर्मा (सुबेदी)


आखिर चिता एकै
छन्द: सबाई
*********
झुप्रो छाडी महलमा किन होला गाको ।
सिउँदोमा मोती हैन सिन्दुर नै लाको । १।

फूलमाला लत्याएर हार किन्न गाको ।
सुगन्ध आउँदैन नि किन सुँघ्न लाको ।२ ।

भुवादारी पलङ छ निद्रा भने छैन ।
गद्दा तर दुई निद्रा सुत्ने चाहीँ हैन ।३ ।

भएपनि हिरामोती चम्काउने आँखा ।
हित गर्छ जीवनमा पिरतीको भाखा ।४ ।

धनी गरीब कालको कुनै भेद छैन ।
मर्दा हुन्छ एक चिता दुई चिता हैन ।५ ।

 

हरि शर्मा (सुबेदी)
गलकोट- नुवाकोट, बाग्लुङ, नेपाल
हाल: मिसिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

आज बडा दशैंको मुख्य दिन विजयादशमीका अवसरमा देशभर मान्यजनबाट रातो टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम सुरु भएको छ।…

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

प्रतिकृयाहरू
...