Sunday 19th May 2024

नेपालको कोरोना अपडेटः कुल १८२४१ संक्रमित, १२८४० निको भए, ४३ जनाको मृत्यु


तितोपाटी -विश्वव्यापी महामारीको रूपमा सिंगो मानब समुदायलाइ नै चपेटामा पारिरहेको कोभिड-१९ नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा थप १४७ जनामा कोरोना संक्रमण पुष्टि भएर १८२४१ पुगेको छ भने देश भरका अस्पताल तथा अाइसोलेसन सेन्टरमा मा ५३५८ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा १५६ जना कोरोना जितेर घर फर्केका छन् भने १ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार बिहिबार अपरान्ह सम्म कुल १२८४० जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि मृतक वीरगन्ज माइस्थानका ७० वर्षीय पुरुषको कोरोना संक्रमणको कारण मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४३ पुगेको छ । हालसम्म देशभरका २७ वटा ल्याबबाट पोलिमरेज चेन रियाक्सन भनिने पीसीआर विधिबाट ३ लाख २७ हजार ६ साय १४ जनाको परीक्षण भएको  छ भने हाल क्वारेन्टाइनमा २० हजार ९८ जना रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म १ करोड ५४ लाख ५ हजार भन्दा बढि संक्रमित भइ ९३ लाख ८१ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ६ लाख ३१ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...