Saturday 31st October 2026

कविताः- छक्क दङ्ग – लोक छन्द(सवाई) -हरि शर्मा (सुबेदी)


छक्क दङ्ग
लोक छन्द: सवाई
**********
सरस्वती हाम्रै घर बास बस्ने राती ।
कविता नि यतै तिर आए देखि जाती । १ ।

शान्ती यहीँ रमाएरै बसेको यो साँझ ।
लक्ष्मी पनि खुशी हुँदा भाग्यशाली आज । २ ।

कालिकाले भन्ने गर्छिन् मद्दत चाहे सम्झ ।
बिहानीले भन्ने गर्छिन् बेला भयो ब्युँझ । ३ ।

शिव अनि बिष्णु लाई हाम्रै घर जाती ।
हरिको त कुरै छोडौँ बासै यहीँ राती । ४ ।

प्रकाश पनि बिद्द्युत सँग मिली-जुली बस्ने ।
प्रतिमा नि रोग सँग, लड्न कम्मर कस्ने । ५ ।

भलो देख्न अरुको नि सबै चाह गर्ने ।
अरु किन पर-पर छक्क दङ्ग पर्ने । ६ ।

हरि शर्मा (सुबेदी)
गलकोट- नुवाकोट, बाग्लुङ, नेपाल
हाल: मिसिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्व क्षेत्रका प्रमुख विमानस्थलहरूमा सुरक्षा चुनौती र हवाई मार्गमा लगाइएका प्रतिबन्धका कारण उडान सेवा प्रभावित भएको छ। अक्टोबर २९–३० मा…

विचौलियाको आरोपमा अनुसन्धानको घेरामा रहेका इनम सापकोटासँग सर्वोच्च अदालतका उच्च पदस्थ व्यक्तिहरूको नाम जोडिएपछि न्यायपालिका यतिबेला गम्भीर विवादमा तानिएको छ।…

लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका १२ भन्दा बढी मुख्य सडकखण्ड अवरुद्ध भएका छन्। सडक बन्द…

प्रतिकृयाहरू
...