Thursday 11th September 2025

कोरोना बिरूद्धको खोप निर्माणमा सफलता मिलेको अस्फोर्ड विश्वविद्यालयको दावी


तितोपाटी – कोरोना भाइरसविरुद्धको खोप निर्माणमा ठूलो सफलता प्राप्त भएको बेलायतको अक्सफोर्ड विश्वविद्यालयले दाबी गरेको छ । विश्वविद्यालयले निर्माण गरेको खोप मानिसमा परीक्षण गर्दा सुरक्षित पाइएको दाबी गरेको हो। खोपको परीक्षणमा कोरोनाविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता विकास भएको विश्वविद्यालयले बताएको छ । कोरोनाविरुद्धको खोप निर्माणमा विश्वभर भइरहेको प्रयासमा यो ठूलो सफलता प्राप्त भएको चिकित्सकहरु बताउँछन् ।

उक्त खोपको नाम ChAdOx1 nCoV-19 राखिएको छ। त्यसलाई अभूतपूर्व गतिमा विकास गरिएको हो। यो खोप चिम्पान्जीहरूमा रूघाखोकी लाग्नमा जिम्मेवार एक भाइरसलाई आनुवंशिक सुधार गरेर तयार गरिएको हो। उक्त भाइरसलाई यसरी सुधार गरिएको छ कि यस्ले मानिसमा सङ्क्रमण फैलाउन सक्दैन र यसलाई कोरोनाभाइरस जस्तै प्रकृतिको “देखिने” गरी बनाइएको छ।

पहिलो चरणको क्लिनिकल परीक्षणमा बेलायतका १ हजार ७७ जनालाई उक्त खोप लगाइएको थियो जसको कारण खोप लगाएका व्यक्तिमा कोरोनासँग लड्ने ‘एन्टिबडी’ विकास भएको कुरा सोमबार प्रकाशित ‘ल्यान्सेट’ भन्ने मेडिकल जर्नलमा बताइएको छ ।

अक्सफोर्ड विश्वविद्यालयले बेलायती–स्वीडिस औषधि उत्पादक कम्पनी आस्ट्राजेनेकासँग मिलेर यो सम्भावित खोप निर्माण गरेको हो भबेलायतले यसअघि नै यो खोपको १० करोड डोज अर्डर गरिसकेको पनि बीबीसीले उल्लेख गरेको छ ।

पहिलो चरणको परिक्षणमा सफलता मिलेसँगै बेलायतमा अर्को चरणको परीक्षणमा १० हजारभन्दा बढी व्यक्तिलाई खोप लगाइने भएको छ। खोपको प्रभावकारिता सुनिश्चित गर्न कोरोना भाइरस तीव्र गतिले फैलिरहेका अन्य मुलुकमा पनि परीक्षण गर्ने योजना छ। अमेरिकामा ३० हजारभन्दा बढीमा खोप परीक्षण गरिँदैछ भने दक्षिण अफ्रिकामा २ हजार र ब्राजिलमा ५ हजार व्यक्तिमा खोप परीक्षण गरिँदैछ।

यो खोप सुरक्षित भए पनि केही साइड इफेक्टहरु भने हुने चिकित्सक बताउँछन् । तर यसको साइड इफेक्ट जोखिमपूर्ण भने नभएको बताउँछन् । परीक्षणमा सहभागीमध्ये ७० प्रतिशतलाई ज्वरो आउने र टाउको दुख्ने भएको अनुसन्धानकर्मी बताउँछन् । तर प्यारासिटामोल दिएर त्यसलाई समाधान गर्न सकिने पनि उनीहरु बताउँछन् ।

वैज्ञानिकहरूका अनुसार यो वर्षको अन्त्यसम्म खोप प्रमाणित गरी प्रयोगका लागि उपलब्ध हुनेछ। सबभन्दा पहिला स्वास्थ्यकर्मी र जोखिममा रहेका अन्य समूहलाई उपलब्ध गराउने विश्वविद्यालयको योजना छ। सबै काम योजनाअनुसार भए अर्को वर्षको सुरूबाट सार्वजनिक प्रयोगमा आउनेछ।


सम्बन्धित शीर्षकहरु

गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको…

तितोपाटी -नयाँ पुस्ताका युवा (जेनजी) हरूले बिभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर पर्दशन गरिरहेका छन ।  भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल…

उत्तरी भारतमा बाँदरहरूले लगेको र पछि पानीको ड्रममा डुबेको अवस्थामा फेला परेपछि दुई महिनाको शिशुको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले आइतबार…

प्रतिकृयाहरू
...