Monday 6th April 2026

आगामी भदाै १ गतेदेखि हवाइ सेवा सुचारू गर्ने नेपाल सरकारको निर्णय


तितोपाटी – नेपालमा आगामी भदाै १ गतेदेखि आन्तरिक तथा बाह्य हवाई सेवा सुचारू हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सुरक्षा प्रोटोकल लागू गरी हवाई सेवा सुचारु गर्ने निर्णय गरेको हो । उडान सुचारू गर्नको लागि आवश्यक प्रोटोकल बनाउने जिम्मेवारी बैठकले पर्यटन मन्त्रालयलाई दिइएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका अनुसार पर्यटन मन्त्रालयले आन्तरिक र बाह्य उडानका लागि छुट्टाछुट्टै मापदण्ड बनाइ उडानको तयारी गरिनेछ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस -कोभिड–१९_ महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत वर्षको चैत ५ गतेबाट अन्तर्राष्ट्रिय हवाई उडान र चैत १० गतेबाट आन्तरिक हवाई उडान बन्द गरेको थियो ।

बैठकले आन्तरिक उडानका लागि सम्पूर्ण सुरक्षाको प्रवन्ध मिलाउन पनि सरोकारवाला निकायलाई निर्देशन दिने भएको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

मध्यपूर्वमा जारी युद्धको धुवाँ केवल तेल बजारमा मात्र सीमित छैन, यसको असर अब नेपाली खेतबारी र भान्सासम्म फैलिन थालेको छ।…

प्रतिकृयाहरू
...