Saturday 14th February 2026

प्रधानमन्त्री ओलीको स्वीस बैंकमा खाता छैन :निजी सचिवालय


तितोपाटी- प्रधानमन्त्री ओलीको स्वीस बैंकमा ५.५ मिलियन अमेरिकी डलर रहेको समाचारप्रति कुनै सत्यता नरहेकाे प्रधानमन्त्री सचिवालले जनाएको छ ।

आज प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बदनियतका साथ अत्यन्त भ्रामक, गलत र चरित्रहत्या गर्ने उद्देश्यले फैलाइएकाे हल्ला भनेका छन् ।
‘ग्लोबल वाच एनालाइसिसको हवाला दिँदै केही नेपाली अनलाइनहरूले गैरजिम्मेवारीपूर्ण र बदनियतका साथ गरिररहेको अत्यन्त भ्रामक, गलत र चरित्रहत्या गर्न लक्षित झूठो सम्रेषणप्रति हाम्रो ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘स्वीस बैंकमा खाता र ५.५ मिलियन अमेरिकी डलर जम्मा रहेको वा यस्तै व्यहोराका तथाकथित रिपोर्ट शतप्रतिशत गलत र कपोलकल्पित रहेको स्पष्ट गर्दछु ।’
उनले सीमा अतिक्रमणविरुद्ध नयाँ नक्सा प्रकाशनको कदम र संविधान संशोधनजस्तो महत्वपूर्ण निर्णयमा सिंगो राष्ट्रलाई एकताबद्ध गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रको नेतृत्व सम्हालिरहे संवेदनशील बेलामा बदनाम गराउन यस किसिमले सुनियोजित षड्यन्त्र गर्ने अनेकन तत्वहरू सक्रिय रहेको समेत उल्लेख गरेका छन् । साथै, उनले यस्ता दुष्प्रचारको भ्रममा नपर्नसमेत आग्रह गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १२औँ विश्व सम्मेलन, १२औँ बहुप्रतिक्षित अन्तर्राष्ट्रिय महाधिवेशन तथा वार्षिक साधारणसभा २०२५ काठमाडौंमा आयोजना गर्ने भएको…

अमेरिका र बंगलादेशबीच नयाँ व्यापार सम्झौता भएको केही घण्टामै मंगलबार भारतका प्रमुख कपडा कम्पनीहरूको सेयर मूल्यमा तीव्र गिरावट आएको छ।…

इस्फहान इरानको सबैभन्दा संवेदनशील आणविक स्थलहरूमध्ये एक हो। यहाँ युरेनियम रूपान्तरण, अनुसन्धान तथा भूमिगत संरचनाहरू रहेका छन्। विगत केही वर्षदेखि…

प्रतिकृयाहरू
...