Thursday 15th January 2026

नमन् भानुलाई – सुशिल बस्याल


नमन भानुलाई

तनहुँ जिल्ला रम्घामा जन्म भएको भानुको ।
काटेर घाँस निर्माण पौवा प्रेरणा घाँसीको।।

समष्टि भाव प्रदान गरि सम्मान पाएका ।
आदर्श सृस्टि जगत भरी चर्चित भएका।।

सम्मान पाए भानुले यहाँ राष्ट्रिय बिभुती ।
आनन्द लिए पढेर कथा भानुको सम्बन्धी।।

भानुको देन समाज प्रति अमर रहन्छ
साहित्य सँगै ज्योतिष शास्त्र पहुँच देखिन्छ ।।

साहित्य भाषा मार्फत धेरै प्रेरेणा दिएका ।
सस्कृति भाषा धर्मका बिच एकता ल्याएका ।।

रामायण उल्था नेपाली भाषा जमर्को गरेका
समाज लाई अमर ठूलो उपहार दिएका ।

नेपाली भाषा भावका धनी बिराट पुरुष ।
समाज प्रेमी महान कवि नमन विशेष ।।

सुशिल बस्याल
बगनासकाली ८ बेलौतिखरक ,पाल्पा नेपाल


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...