Friday 27th March 2026

नमन् भानुलाई – सुशिल बस्याल


नमन भानुलाई

तनहुँ जिल्ला रम्घामा जन्म भएको भानुको ।
काटेर घाँस निर्माण पौवा प्रेरणा घाँसीको।।

समष्टि भाव प्रदान गरि सम्मान पाएका ।
आदर्श सृस्टि जगत भरी चर्चित भएका।।

सम्मान पाए भानुले यहाँ राष्ट्रिय बिभुती ।
आनन्द लिए पढेर कथा भानुको सम्बन्धी।।

भानुको देन समाज प्रति अमर रहन्छ
साहित्य सँगै ज्योतिष शास्त्र पहुँच देखिन्छ ।।

साहित्य भाषा मार्फत धेरै प्रेरेणा दिएका ।
सस्कृति भाषा धर्मका बिच एकता ल्याएका ।।

रामायण उल्था नेपाली भाषा जमर्को गरेका
समाज लाई अमर ठूलो उपहार दिएका ।

नेपाली भाषा भावका धनी बिराट पुरुष ।
समाज प्रेमी महान कवि नमन विशेष ।।

सुशिल बस्याल
बगनासकाली ८ बेलौतिखरक ,पाल्पा नेपाल


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

प्रतिकृयाहरू
...