Thursday 10th September 2026

तीन चोटिला मुक्तकहरू – हरि शर्मा(सुबेदी)


तीन चोटिला मुक्तकहरु
************************
आकाश गड्गडायो खुबै सँग तर झरी बर्सेन कतै ।
कुकूर बेसरी भुक्यो गल्लीमा तर हात्ती तर्सेन कतै ।
कामको मात्र प्रशँसा हुन्छ लोकमा कुराले के गर्ला खै,
लाखौँ बिन्ती गरेपनि त्यो निर्दयी चट्टान सर्सेन कतै । १ ।

बाँदर अहिले लोकमा अर्को सँगी बाँदर सँग छ ।
अर्काको घर भत्काउनमै ब्यस्त, मक्ख अनि दङ्ग छ ।
कति जुट्नेहुन् बाँदरहरु अर्काको घर भत्काउने कर्ममा,
देख्छु सबै बाँदरहरुको स्वभाव उस्तै रूप अनि रङ्ग छ । २ ।

हुँदा-हुँदा लोकमा मान्छे पनि बाँदर जस्तै बनेको छ ।
बाँदरबाट बिकसित भन्छन रूप झन्डै उस्तै बनेको छ ।
सिको पनि बाँदरकै गर्‍यो मान्छेले, सहेन प्रगती अरुको,
बिगार्ने कलामा बाँदरको सिको जस्ताको तस्तै गरेको छ । ३ ।

हरि शर्मा (सुबेदी)
गलकोट- बागलुङ, नेपाल
हाल: मिसिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाका केही तेल तथा सैन्य केन्द्रहरूमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेका छन्। हुथीहरूले यो आक्रमण साउदी…

अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेनाले मंगलबार इरानका पाँचवटा तेल ट्याङ्करमाथि आक्रमण गर्दा एउटा ट्याङ्कर डुबेको…

आत्महत्या भनेको जानाजानी आफ्नै जीवन अन्त्य गर्ने कार्य हो। सामान्यतया, जब कुनै व्यक्ति अत्यधिक भावनात्मक पीडा, निराशा वा आफूले सामना…

प्रतिकृयाहरू
...