Monday 16th March 2026

म्याग्दी पहिरो : ३० जना बेपत्ता, ३ को मृत्यु


तितोपाटी- अविरल वर्षापछि गएको पहिरोका कारण मानवीय तथा भौतिक क्षति पुगेका म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिममा उद्धार कार्य अझै हुन सकेको छैन।
मराङ र बिममा हालसम्म ३ जनाको मृत्यु भएको जनाइएको छ। मराङमा २१ तथा बिममा ८ जना बेपत्ता छन्। बिहीबारदेखि परेको अविरल वर्षाका कारण खोलामा आएका बाढीले बगाएर मंगला गाउँपालिका–६ मा १ जना बेपत्ता भएको म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले जानकारी दिए। बाढी पहिरोमा परेर हालसम्म ३० जना बेपत्ता भएको सुवेदीले बताए।

यस्तै, धवलागिरी गाउँपालिका ७ मा २ र रौगंगा गाउँपालिकामा खोलाले बगाएर १ जनाको मृत्यु भएको छ।
प्रभावित स्थानमा ३७ घर जोखिममा रहेको सुवेदीले जानकारी दिए। उनले भने, ‘उद्धार टोली प्रभावित स्थानमा पुग्दैछ। हवाई उद्धारका लागि प्रयास भएपनि मौसम अनुकूल छैन।’
प्रभावित स्थानमा पुग्न सदरमुकाम बेनीबाट २५ किलोमिटर सडक पार गरेपछि दुई घन्टा हिड्नुपर्ने बताइएको छ। जिल्लामा निर्माणाधीन जलविद्युत आयोजनामा भने क्षति नपुगेको बताइएको छ। बेनी–जोमसोम सडक खण्ड भने वर्षाले अवरुद्द् बनेको छ।


सम्बन्धित शीर्षकहरु

लद्दाखका एक प्रसिद्ध कार्यकर्ता तथा वैज्ञानिक सोनम वाङचुकलाई जेलबाट रिहा गरिएको छ। तर सरकारले यो निर्णय किन गर्‍यो र लद्दाखका…

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

गैरआवासीय नेपाली संघको यही मार्च १४–१६, २०२६ मा सम्पन्न हुन गइरहेको १२औँ एकता अन्तर्राष्ट्रिय महाधिवेशनमा कुवेतबाट मध्यपूर्व संयोजक पदका लागि…

प्रतिकृयाहरू
...