Wednesday 21st October 2026

नेपाल आमा थकित भईन् – लोक छन्द (झ्याउरे) -हरि शर्मा(सुवेदी)


नेपाल आमा थकित भईन् – लोक छन्द (झ्याउरे)
***************************************
नेपाल आमा थकित भईन् सन्तान देखेर ।
सन्तानले त्यहाँ टेर्न नै छाडे आमालाई हेपेर । १ ।

छोरा र छोरी चक्-चके परे उपद्रो गर्दछन् ।
कहिले काहीँ लुगा नै च्याती आपसमा लड्दछन् । । २ ।

छोरीले खोज्छे त्याँ नग्न तस्बिर छोरा नि उस्तै छ ।
घरको धन्दा नगर्ने कोही जस्ताको तस्तै छ । ३ ।

बाबाका राम्रा पुस्तक जति उनले जलाए ।
घरमा हैकम उत्तौला केटा केटीले चलाए । ४ ।

आच्मनी टिपी छोराले त्यहाँ पुलाउ खाँदैछ ।
घरको काम पटक्कै छुन्न डिस्कोमा जाँदैछ । ५ ।

नियमको बन्धन अनुशासन पनि हराउँदै गाको छ ।
बिनासै हुने समय आए जस्तो पो लाको छ । ६ ।

 

हरि शर्मा(सुवेदी)
गलकोट- नुवाकोट, बाग्लुङ, नेपाल
हाल: मिसिगन अमेरिका

 

 


सम्बन्धित शीर्षकहरु

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

दक्षिण अमेरिकी देश कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना खानी मजदुरको मृत्यु…

प्रतिकृयाहरू
...