Wednesday 1st April 2026

तस्बिरमा सिन्धुपाल्चोकको बाढी


 सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-५ जम्बु बजार डुबानमा परेको छ। गएराति आएको बाढीले बस्ती नै डुबानमा परेको बाह्रबिसे नगरपालिकाकी उपमेयर सुशिला पाख्रिनले जानकारी   दिइन्।

उनका अनुसार हालसम्म २३ जना बेपत्ता छन्। बाढीले भोटेकोशी गाउँपालिकाका चार जना र बाह्रबिसे नगरपालिकाको १९ जना बेपत्ता भएका छन्। बाढीले जम्बु पुलसमेत बगाएको  छ। उनका अनुसार हालसम्म जम्बु निवासी २० वर्षीय नीकेश बस्नेत र उनकी तीन वर्षीय छोरीको शव फेला परेको छ।

उनका अनुसार थाकसेलमा पनि बस्ती बाढीले एउटा बगाएको छ । सोतागंमा पनि पहिरो लाग्यो भन्‍ने आएको छ। बाढीले मध्ये भोटेकोशी जलविद्युत आयोजनाको स्टोर पनि बगाएको छ। (सबै तस्बिर सामाजिक सञ्जाल)

 

-अन्न्नपूर्णपोष्टबाट 

सम्बन्धित शीर्षकहरु

सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक…

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

प्रतिकृयाहरू
...