Saturday 17th January 2026

तस्बिरमा सिन्धुपाल्चोकको बाढी


 सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-५ जम्बु बजार डुबानमा परेको छ। गएराति आएको बाढीले बस्ती नै डुबानमा परेको बाह्रबिसे नगरपालिकाकी उपमेयर सुशिला पाख्रिनले जानकारी   दिइन्।

उनका अनुसार हालसम्म २३ जना बेपत्ता छन्। बाढीले भोटेकोशी गाउँपालिकाका चार जना र बाह्रबिसे नगरपालिकाको १९ जना बेपत्ता भएका छन्। बाढीले जम्बु पुलसमेत बगाएको  छ। उनका अनुसार हालसम्म जम्बु निवासी २० वर्षीय नीकेश बस्नेत र उनकी तीन वर्षीय छोरीको शव फेला परेको छ।

उनका अनुसार थाकसेलमा पनि बस्ती बाढीले एउटा बगाएको छ । सोतागंमा पनि पहिरो लाग्यो भन्‍ने आएको छ। बाढीले मध्ये भोटेकोशी जलविद्युत आयोजनाको स्टोर पनि बगाएको छ। (सबै तस्बिर सामाजिक सञ्जाल)

 

-अन्न्नपूर्णपोष्टबाट 

सम्बन्धित शीर्षकहरु

कुवेतको Public Authority for Manpower (जनशक्ति प्राधिकरण) ले कर्मचारी बहिर्गमन अनुमतिपत्र (Exit Permit) प्रक्रियालाई सहज बनाउन पूर्व-अनुमोदन सुविधा लागू गरेको…

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

प्रतिकृयाहरू
...