Thursday 1st October 2026

कविको कविता – हरि शर्मा (सुवेदी)


-कविको कविता-
*************
तोटक छन्द
********
कविको कविता, सबको हित हो।
रविको तुलना, कविको सित भो।
रबिका घरकी, चपला सबिता,
उनले जितिनन्, कविका कविता।१ ।

तर आज भयो, किन यो बिचरो।
नहुँदा जननी, घरमा टुहुरो।
सबको मुखमा, धन हो महान,
धन नै कलिमा, घरको जहाँन ।२।

किन भो झगडा, सबको घरमा,
मनकी सरिता धनको भरमा,
तनको, मनको नहुँदा मिलती,
चपला अबला हरियो बनकी। ३।

धनको नखरा, जगमा अति भो।
जसले जसरी बटुले पनि भो।
जगमा यसकै गरियो रटना।
धनको भरमा मनको खटना।४।

नरले नरको नगरी गणना,
धनको पछि गै हेलिने रणमा।
मनको बशमा तन त्यो तगडा ।
नगरौँ सबले त्यसरी झगडा।५ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले अमेरिकी सेनाले इरानको नौसेना, वायुसेना, हवाई प्रतिरक्षा प्रणाली, सैन्य नेतृत्व तथा आणविक महत्वाकांक्षालाई गम्भीर रूपमा…

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले…

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

प्रतिकृयाहरू
...