Wednesday 8th April 2026

हाम्रो इलाम -नरेन्द्र दुलाल


हाम्रो इलाम

प्राकृतिक छटा र हरियालीको संगम हाम्रो इलाम
सुर्य उदाएको मनमोहक क्षण हेर्न इलाम आउनु है।

कला, संस्कृति र पर्यटनको त्रिवेणी हो हाम्रो इलाम
आन्तरिक पर्टन बढाउन पनि अबस्य घुम्न आउनु है।

उर्वर भूमि अनि धर्म र कर्मको उद्गम हो हाम्रो इलाम
नदि-नाला, मठ-मन्दिर, चियाबारी कहिले नभुल्नु है।।

कन्याम, पाथीभरा, माइपोखरी मात्र हैन हाम्रो इलाम
होचा थुम्का, डाडाँ-पाखा पनि मनमा सजाइ जानु है।।

इलामे छुर्पी, अखबरे खुर्सानी कोसेली हुने हाम्रो इलाम
ग्रीन,ब्ल्याक र ह्वाइट टी पनि कोसेली लिएर जानु है ।।

नरेन्द्र दुलाल
साविक-माइपोखरी, इलाम
हालः मरूभूमिको देश कुवेत


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...