Sunday 22nd March 2026

ब्राजिलका राष्ट्रपतिलाई नै कोरोना संक्रमण


तितोपाटी – ब्रजिलका राष्ट्रपति जाइर बोल्सोनारु कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। उनलाई ज्वरोसहितका लक्षण देखापरेपछि सोमवार परीक्षण गरिएको थियो।

बोल्सोनारुले पटकपटक ‘मामुली फ्लु’ भन्दै कोरोनाभाइरसको गम्भीरतालाई कम आँकेका थिए। रोग लागिहालेमा पनि आफूलाई त्यसले गम्भीर रूपमा प्रभावित नगर्ने उनले बताउँदै आएका थिए।

ब्राजिलका राष्ट्रपतिले अर्थतन्त्रलाई असर गर्ने भन्दै लकडाउन गर्न मानेका थिएनन्। ६५ वर्षीय राष्ट्रपति बोल्सोनारूले कोरोनाभाइरसलाइ सामान्य फ्लु को संज्ञा दिंदै मास्कको प्रयोग नगरेको र सामाजिक दूरी पनि कायम नगरेको कारण कोरोना संक्रमण भएको जनाइएको छ।

ब्राजिल तथा ल्याटिन अमेरिकामा सुरुमा कोरोनाभाइरसको सङ्क्रमण सुस्त थियो तर अहिले तीव्र बनेको छ। जुन २० मा ब्रजिल विश्वकै दोस्रो देश बन्यो जहाँ अहिले सङ्क्रमितको सङ्ख्या १७ लाख नाघेको छ भने ज्यान जानेको सङ्ख्या ६६,००० नाघिसकेको छ।

-बीबीसी नेपाली बाट


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...