Thursday 13th November 2025

ब्राजिलका राष्ट्रपतिलाई नै कोरोना संक्रमण


तितोपाटी – ब्रजिलका राष्ट्रपति जाइर बोल्सोनारु कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। उनलाई ज्वरोसहितका लक्षण देखापरेपछि सोमवार परीक्षण गरिएको थियो।

बोल्सोनारुले पटकपटक ‘मामुली फ्लु’ भन्दै कोरोनाभाइरसको गम्भीरतालाई कम आँकेका थिए। रोग लागिहालेमा पनि आफूलाई त्यसले गम्भीर रूपमा प्रभावित नगर्ने उनले बताउँदै आएका थिए।

ब्राजिलका राष्ट्रपतिले अर्थतन्त्रलाई असर गर्ने भन्दै लकडाउन गर्न मानेका थिएनन्। ६५ वर्षीय राष्ट्रपति बोल्सोनारूले कोरोनाभाइरसलाइ सामान्य फ्लु को संज्ञा दिंदै मास्कको प्रयोग नगरेको र सामाजिक दूरी पनि कायम नगरेको कारण कोरोना संक्रमण भएको जनाइएको छ।

ब्राजिल तथा ल्याटिन अमेरिकामा सुरुमा कोरोनाभाइरसको सङ्क्रमण सुस्त थियो तर अहिले तीव्र बनेको छ। जुन २० मा ब्रजिल विश्वकै दोस्रो देश बन्यो जहाँ अहिले सङ्क्रमितको सङ्ख्या १७ लाख नाघेको छ भने ज्यान जानेको सङ्ख्या ६६,००० नाघिसकेको छ।

-बीबीसी नेपाली बाट


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...