Wednesday 21st October 2026

गुलाबको फूल चुमौँ -हरि शर्मा (सुवेदी)


गुलाबको फूल चुमौँ
*****************
लोक छन्द- सवाई
***********************
महान जो छ पुरुष त्यहाँ बिचारले ब्यस्त ।
मध्यम मान्छे घटनालाई हावी बनाउँछ ।
अधम भने अरुको नै कुरा काटी हिँड्छ ।
अरुको दोष खोज्नमा नै उसको जीवन बित्छ ।१।

गुलाबको फूल चुमौँ काँडा हेर्ने हैन ।
दोष बिना कुनै चीज यो धर्तिमा छैन ।
कृष्णको नि भएको हो गोठालोको जन्म ।
शिव पनि लगाउँछन मसानको भष्म ।२।

चन्द्रमामा दागै छ नि हेर्नु भाको होला ।
जे जे मिल्यो उही खाने अग्निको नि चोला ।
मैला धैला बगाएर नदी पनि बग्छ ।
कालको छैन भेदभाव सबैलाई लग्छ ।३।

मान्छे मात्रै किन यस्तो आफ्नै भुँडी भर्ने ।
अरुको भाग खोस्न भनी अघि पछि सर्ने ।
बाचौँ बचाउँ गरे पनि राम्रो हुन्थ्यो होला ।
मरी आखिर लानु के छ नश्वर यो चोला ।४।

हरि शर्मा(सुवेदी)
गलकोट- नुवाकोट, बाग्लुङ, नेपाल
हाल: मिसिगन अमेरिका


सम्बन्धित शीर्षकहरु

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

दक्षिण अमेरिकी देश कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना खानी मजदुरको मृत्यु…

प्रतिकृयाहरू
...