Friday 20th March 2026

नेपाल एयरलाइन्सका पाइलटसहित ६ जनालाई कोरोना संक्रमण पुष्टि


तितोपाटी- नेपाल वायु सेवा निगमका पाइलटसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने कार्यमा संलग्न नेपाल एयरलाइन्सका क्याप्टेनसहित चालक दलका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरु सोल्टी होटलमा बस्दै आएका थिए । नियमित उडानमा सहभागी एयरलाइन्सका क्याप्टेनसहित चालक दलका ६ जनामा कोरोना पुष्टि भएपछि चालक दलका अन्य सदस्यको पनि पीसीआर परीक्षणको तयारी गरिएको छ । उनीहरुलाई कोरोना संक्रमण देखिएपछि सोल्टी होटल सिल गर्ने तयारी गरिएको छ ।

नियमित ४० जना चालक दलका सदस्यहरु होटल सोल्टीमा बस्ने गरेको स्रोतले बताएको छ । उनीहरु होटल सोल्टीका कर्मचारीहरुसँग नियमित सम्पर्कमा रहेको हुँदा होटलका कर्मचारीहरुमा समेत कोरोना संक्रमण हुन सक्ने आशंका गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...