Saturday 17th January 2026

नेकपा स्थायी कमिटिको बैठक स्थगित


तितोपाटी- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज तय गरिएको स्थायी कमिटिको बैठक स्थगित भएको छ। बैठक बिहान ११ बजे बाेलाइएकाे थियाे।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीट गर्दै आजका लागि तय भएकाे बैठक असार २४ गते ११ बजेसम्मका लागि स्थगित गरिएको जनाएका हुन्।

नेकपा स्थायी कमिटीकाे बैठक यसअघि पनि पटक पटक स्थगित भएकाे छ। शनिबारका लागि बोलाइएको बैठक साेमबार (आज) सम्मका लागि स्थगित भएकाे थियाे।
यसअघि पार्टीभित्र संकट गहिरिएसँगै शुक्रबार थप आन्तरिक छलफल गर्नेगरी बिहीबारकाे स्थायी कमिटी बैठक एक दिनका लागि स्थगित गरिएको थियो।

स्थायी कमिटी बैठकमा बाेल्ने अधिकांश सदस्यहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि बैठक स्थगित हुँदै आएकाे छ। ओलीले पार्टीको निर्णय नमानी एकलौटी निर्णय गर्न थालेको भन्दै नेताहरूले असन्तुष्टि जनाउँदै आएका छन्।


सम्बन्धित शीर्षकहरु

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

प्रतिकृयाहरू
...