Wednesday 11th March 2026

बालुवाटारमा मन्त्रीलाई प्रधानमन्त्री ओलीको प्रश्न, ‘अब तपाईंहरु कता ?’


प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता संकटमा परेको बताएका छन्। शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रीहरुसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षसमेत रहेका ओलीले सरकारमा सहभागी सबै मन्त्री र राज्यमन्त्रीसँग राष्ट्रियता र पार्टी एकता दुवै संकटमा परेको भन्दै आफ्नो कित्ता छुट्याउन मन्त्रीलाई आग्रह गरेका हुन्।

‘यतिबेला राष्ट्रियता र पार्टी एकता संकट परेको छ’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने, ‘अब तपाईंहरु कुन पक्षमा हुनुहुन्छ आफ्नो कित्ता छुट्याउनुहोस्।’प्रधानमन्त्री ओलीले यो अवस्थामा जतिबेला जे पनि हुन सक्ने भन्दै मन्त्रीहरुसँग बालुवाटारमा पार्टी नै रहन नसक्ने ब्रिफिङ गरेका हुन्। बैठकमा बोल्दै कृषिमन्त्री घनश्याम भुसाल र ऊर्जामन्त्री वर्षमान पुनले पार्टी एकता दुई अध्यक्षले गरेको र संकटको समयमा एकतालाई दरिलो बनाउने जिम्मा पनि मन्त्रीहरुकै भएको बताएका थिए।

प्रधानमन्त्री ओलीले सबै मन्त्री र राज्यमन्त्रीसँगको छलफल सकिएपछि आफू निकटका मन्त्रीसँग छुट्टै छलफल गरेका छन्।प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई महाअभियोग लगाउने प्रमाण आफूसँग भएको खुलासासमेत गरेका छन् ।

पार्टीमित्र अध्यक्ष र प्रधानमन्त्री दुवै पद छोड्नुपर्ने अडान अर्को समूहले लिएपछि मन्त्री र राज्यमन्त्रीलाई बालुवाटार बोलाएर ओलीले  राष्ट्रपतिलाई महाअभियोग लगाउनेसम्मको गम्भीर राजनीतिक षड्यन्त्र भएको खुलासा गरेका हुन् । 

ओलीले राष्ट्रियता र पार्टी एकतालाई स्वीकार गरे पनि त्यस विपरित हुने कुनै काम स्वीकार्य नहुने बताए । सँगै उनले परिस्थिति अनुसार अगाडि बढ्नुपर्नेसमेत प्रष्ट पारेका छन् ।
ओलीले राष्ट्रियताको पक्षमा आफूले गरेको काममा सहयोग गर्न सबै मन्त्रीलाई आग्रहसमेत गरेका छन् । प्रधानमन्त्रीसँगको छलफलमा मन्त्री, राज्यमन्त्रीसँगै प्रधानमन्त्रीका सल्लाहकार उपस्थित थिए । मन्त्रीसँग छलफल गर्नुअघि प्रधानमन्त्री ओलीले शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग करिब डेढ घण्टा छलफल गरेका थिए।

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

-ईश्वर भण्डारी नेपालमा भर्खर सम्पन्न चुनावले एउटा स्पष्ट जनादेश दिएको छ। जनताले अब पुराना राजनीतिक दलहरूको राजनीति होइन, सुशासन, पारदर्शिता…

मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका बीच कुवेतले आफ्नो सुरक्षालाई लिएर उच्च सतर्कता अपनाएको संकेत देखिएको छ। सोमबार बिहानदेखि मध्यरातसम्म कुवेतको हवाई…

प्रतिकृयाहरू
...