Friday 20th February 2026

राष्ट्रपति भेट्न प्रधानमन्त्री शितलनिवासमा, प्रचण्ड निवासमा खनाल, नेपाल र गौतमको बैठक


तितोपाटी डटकम-स्थायी समिति बैठक थप दुई दिनलाई स्थगित गरेर सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आन्तरिक छलफलमा जुटेका छन्।

शनिबार बिहान ११ बजेका लागि बोलाइएको स्थायी समिति बैठक थप छलफल र सहमतिका प्रयासका लागि भन्दै सोमबारका लागि सारिएको छ।

शनिबार अपरान्ह प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न शितलनिवास पुगेका छन्। भेटवार्ता के विषयमा भएको भन्ने खुलाइएको छैन।

यही बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा ओलीइतरका नेकपा शीर्ष नेता छलफलमा जुटेका छन्। प्रचण्ड निवासमा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र उपाध्यक्ष वामदेव गौतम आन्तरिक छलफलमा जुटेको स्रोतले जानकारी दियो।

यस्तै प्रधानमन्त्री ओलीले शनिबार बेलुकी ७ बजे बालुवाटारमा मन्त्रीहरू र राज्यमन्त्रीहरूलाई बोलाएका छन्। एक मन्त्रीले दिएको जानकारीअनुसार उक्त बैठक औपचारिक भने होइन।

नेकपा अध्यक्ष प्रचण्डसहित शीर्ष नेताले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन स्थायी समिति बैठकमै आग्रह गरेपछि नेकपाभित्र पछिल्लो विवाद देखिएको हो।

प्रधानमन्त्री ओलीले मदन भण्डारीको जन्मजयन्तीका दिन लिम्पियाधुरासहित समावेश गरेको नक्सा जारी गरेपछि भारतीय राज्य प्रशासन संयन्त्र आफूलाई प्रधानमन्त्रीबाट हटाउन चाहेको बताएका थिए। उक्त अभिव्यक्तिलाई लिएर नेकपाभित्रै विवाद छ।

साभार-सेतोपाटी डटकम-फोटो पुरानो फाइल हो। (सन्जिब बगाले)


सम्बन्धित शीर्षकहरु

जापानको राजनीतिमा बुधबार एक महत्वपूर्ण संवैधानिक-राजनीतिक घटनाक्रम देखिएको छ। प्रधानमन्त्री सानाए ताकाइचीको मन्त्रिपरिषद्ले सामूहिक राजीनामा दिएको घोषणा नयाँ संसद् (डाइट)…

जेरुसेलममा आयोजित प्रमुख अमेरिकी यहूदी संगठनका अध्यक्षहरूको सम्मेलनलाई सम्बोधन गर्दै इजरायली पूर्व प्रधानमन्त्री नाफ्ताली बेनेटले भने कि यस क्षेत्रमा टर्की,…

बंगलादेशको अन्तरिम सरकार प्रमुख बनेपछि मुहम्मद युनुस अन्तर्राष्ट्रिय रूपमा सम्मानित व्यक्तित्व भए पनि भारतसँगको सम्बन्धमा उनीप्रति अपेक्षित न्यानोपन देखिएन। यसको…

प्रतिकृयाहरू
...