Thursday 26th March 2026

ब्रतको बन्धन – झ्याउरे छन्द -हरि शर्मा ( सुवेदी )


ब्रतको बन्धन – झ्याउरे छन्द
-हरि शर्मा(सुवेदी)

हात्तीलाई बश अंकुशले गर्छ दाम्लाले गोरुको ।
कुकुरलाई बश साङ्लाले गर्छ पिंजडा सुगाको । १ ।

मान्छेको हुन्छ दाम्लो न अंकुश कर्मको बन्धन ।
कर्मको वास्ता नगर्दा खेरि छाडा भो झन्-झन । २ ।

ब्रतको बन्धन हो अनुशासन धर्मले बाँधेको ।
कर्मको साक्षी जनै हो नाम काँधमा राखेको । ३ ।

भोक र तिर्खा मान्छेको पनि पशुको जस्तै हो ।
मैथुन पनि पशुको जस्तै मान्छेले गरेको । ४ ।

चेतना मात्रै देखियो फरक मान्छे र पशुमा ।
चेतना छाडे फरक छैन यी दुबै जन्तुमा । ५ ।

अर्काको भलो गरेमा पुन्य शास्त्रको बचन छ ।
अरुको चित्त दुखाए देखि पाप लाग्छ भन्दछ । ६ ।

काम र क्रोध लोभ र मोह मात्सर्य जति छन् ।
बलिको रुपमा इशले लिन्छन चढाए राम्रो झन् । ७ ।

सँस्कृति हाम्री हजुर्मा परिन आमा हुन नेपाली ।
बिश्वको कुनै कुनामा बसौँ हामी हौँ नेपाली । ८ ।

भाषा र भेष चाड र पर्व सँस्कृति बचाए ।
इज्जत हाम्रो बढेर जाला सबैले चाल पाए । ९ ।

गल्कोट, बाग्लुङ,नेपाल्
हाल: मिसिगन अमेरिका


सम्बन्धित शीर्षकहरु

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

प्रतिकृयाहरू
...