Saturday 21st March 2026

अमेरिकाका ३७ राज्यमा कोरोना-एकैदिन थपिए ५१ हजार बढी संक्रमित


कोरोना महामारीको सर्वाधिक चपेटामा परेको अमेरिकाका ३७ राज्यमा कोरोना संक्रमितको संख्या बढेको रोयटर्सले जनाएको छ। रोयटर्समा प्रकाशित समाचारका अनुसार अमेरिकाले प्रतिदिन थपिने संक्रमित संख्यामा पनि नयाँ रेकर्ड कायम गरेको छ।रोयटर्सका अनुसार देशभर एकैदिन ५१ हजार बढी संक्रमित फेला परेसँगै दैनिक वृद्धिमा नयाँ रेकर्ड कायम भएको हो।

बिहीबार फ्लोरिडासहितका ९ अमेरिकी राज्यले संक्रमित संख्याले नयाँ रेकर्ड कायम गरेको जनाएका छन्। फ्लोरिडा राज्यमा मात्रै एकैदिन कीर्तिमानी १० हजार संक्रमित फेला परेका छन्।कोरोनाको अर्को इपिसेन्टर बनेको क्यालिफोर्नियामा यो वृद्धि ३७ प्रतिशत पुगेको छ भने त्यहाँ अस्पताल भर्ना हुने कोभिडका विरामी दुई सातामा ५६ प्रतिशतले बढेका छन्।

बढ्दो संक्रमणलाई ध्यानमा राख्दै टेक्सस राज्यका गभर्नर ग्रेग अबोट बिहीबार २० भन्दा बढी संक्रमित भेटिएका राज्यका सबै काउन्टीमा अनिवार्य मास्कको प्रयोग गर्ने आदेश दिएका छन्। टेक्ससमा बिहीबार कोरोनाका करिब ८ हजार नयाँ संक्रमित फेला परेका छन्।

पछिल्ला १४ दिनमा ५० मध्ये ३७ अमेरिकी राज्यमा अघिल्लो दुई साताको दाँजोमा संक्रमित संख्या बढेको रोयटर्सको समाचारमा जनाइएको छ।अमेरिकामा हालसम्म कोरोनाका कारण १ लाख २८ हजार ७ सय ६ जनाको मृत्यु भइसकेको छ। यो संख्या विश्वमा कोरोनाका कारण भएको मृत्युको झण्डै एक चौथाई हो।

पछिल्लो समय बढिरहेका संक्रमित संख्यालाई ध्यानमा राख्दै कयौं अमेरिकी गभर्नरहरूले लकडाउन खोल्ने योजनालाई स्थगित गरेका छन्।यसैगरी उनीहरूले सामुन्द्रिक किनार र अमेरिकी स्वतन्त्रता दिवसमा हुने जमघटमाथि प्रतिबन्धको घोषणा गरेका छन्।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...