Thursday 27th August 2026

कुवेतमा कोरोनाको कारण थप एक नेपालीको मृत्यु


तितोपाटी – कुवेतमा कोरोना संक्रमणको कारण थप एक जनाको मृत्यु भएको छ । तितोपाटी डट कम लाइ ढिलो गरि प्राप्त जानकारी अनुसार कुवेतमा ट्याक्सी ब्यावसायीको रूपमा कार्यरत छबिलाल पाण्डेको कोरोनाको कारण मृत्यु भएको हो । यस अघि नै ३ जना नेपालीहरूले कोरोनाको कारण ज्यान गुमाइसकेको मध्यपुर्वको राम्रो रोजगार गन्तब्य मानिएको कुवेतमा चाैथो ब्यक्तिको पनि कोरोनाको कारण मृत्यु भएपछि सिंगो नेपाली समाज कुवेत नै अतालिएको अनुभव गरिएको छ ।

कोरोनाको कारण ज्यान गुमाएका ३४ वर्षीय पाण्डे गत मेइ २७ तारिक देखि अस्पतालमा उपचाररत थिए भने गत जुन ९ तारिक कुवेतको सेख जाबर अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

यस अघि कम्पनिमा कार्यरत रही हाल ट्याक्सी ब्यावसाय गरिरहेका पाण्डेका घरमा श्रीमती र दुइ छोरा छोरी छन् भने लकडाउन भन्दा केहि महिना पहिले मात्रै उनी छुट्टी बिताएर नेपालबाट फर्केका थिए ।

मृतक पाण्डे अर्घाखाँची घर भइ विगत लामो समयदेखि कुवेतमा कार्यरत थिए भने उनी कुवेतमा रहेको सिर्जनशीलय युवा समाज कुवेत सम्वद्ध रहेर समुदायमा चिनिएका थिए ।


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...