Thursday 15th January 2026

सरकार ! स्वदेश फिर्ती सहज बनाइदेउ – पुर्ण बहादुर खड्का


मुटु मेरो दुःखी रहन्छ
गाउँ घरलाई सम्झेर
रुन मन लाग्छ मलाई
नेपाली नागरिकको नाताले
मुटु मेरो दुःखी रहन्छ
विदेशमा अलपत्र नेपाली देखेर।

कहिले हुन्छ सरकार हाम्रो उद्दार?
सरकार भन्छ छिट्टै उद्दार हुन्छ अब
मुग्लानमा नेपालीहरु कति बस्ने हो
सरकार तिमीहरूको बाटो हेरेर
जहाज आऊदै छ रे अबा
तिर्बल भाडा मह्गो भएर
दुःखी गरीब नेपालीलाई घुडा टेकाएर ।

होसियार सरकार !
विदेशमा अलपत्र नागरिकको
पीर मर्का बुझिदेउ
अलपत्र नेपालीलाई
सस्तो भाडामा नेपाल फर्काई देउ
टिकट काट्नलाई
नेता मन्त्रीको पावर होईन सरकार
स्वतन्त्र तरीकाले टिकट पाउने गराई देउ।

मेरो सरकार !
महङ्गो भाडादर हैन
आप्रवासी दाजुभाइ दिदीबहिनीको
स्वदेश फिर्ती सहज बनाइदेउ
नेपालीको शिर उत्च बनाई हाँस्न सिकाउ ।

-पुर्ण बहादुर खड्का
हाल-मरूभूमिको देश


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...