Saturday 11th April 2026

गजल -रोजिना ढुंगाना


गजल

मान्छे हेर्दा सानो सानो,माया लाउने कुरा गर्छौ ।
एकोहोरो माया लाए,चोटै चोटको घानमा पर्छौ।।

बैंस तिम्रो अल्लारे छ, बिचार गरि अघि बढ
ख्याल गरेनौ भने कान्छा माथिदेखी तल झर्छौ ।

हुँदैन भर यो शहरको , हुदैन भर यी मान्छेको
तिमी भने यी दुईसंग, हात मिलाउन अघि सर्छौ ।

विदेशको नौलो बसाई , माहोल पनि नौलै हुन्छ
ढुक्क भई बस केहि साल,व्यर्थै किन त्यसै डर्छौ?

जस्को नियत राम्रो हुन्न, त्यस्कै बिक्छ झुटो माया
भन त्यस्तो झुटो मायाको कतिन्जेल मोल भर्छौ ?

रोजिना ढुंगाना
हाल – मरूभूमिको देश


सम्बन्धित शीर्षकहरु

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतले नेपाली नयाँ वर्ष २०८३ को भित्तेपात्रो सार्वजनिक गरेको छ । विगत १६ वर्षदेखि हरेक…

डिआइजी (DIG) र प्रमुख जिल्ला अधिकारी (CDO) को बरियतासम्बन्धी बहस अहिले केवल पदको सम्मानको विषय मात्र रहेन, यो राज्य संयन्त्रको…

प्रतिकृयाहरू
...