Saturday 31st January 2026

गजल -रोजिना ढुंगाना


गजल

मान्छे हेर्दा सानो सानो,माया लाउने कुरा गर्छौ ।
एकोहोरो माया लाए,चोटै चोटको घानमा पर्छौ।।

बैंस तिम्रो अल्लारे छ, बिचार गरि अघि बढ
ख्याल गरेनौ भने कान्छा माथिदेखी तल झर्छौ ।

हुँदैन भर यो शहरको , हुदैन भर यी मान्छेको
तिमी भने यी दुईसंग, हात मिलाउन अघि सर्छौ ।

विदेशको नौलो बसाई , माहोल पनि नौलै हुन्छ
ढुक्क भई बस केहि साल,व्यर्थै किन त्यसै डर्छौ?

जस्को नियत राम्रो हुन्न, त्यस्कै बिक्छ झुटो माया
भन त्यस्तो झुटो मायाको कतिन्जेल मोल भर्छौ ?

रोजिना ढुंगाना
हाल – मरूभूमिको देश


सम्बन्धित शीर्षकहरु

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

बेलायती प्रधानमन्त्री केयर स्टारमर र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीचको हालैको भेट केवल कूटनीतिक औपचारिकता मात्र होइन, तर परिवर्तनशील विश्वव्यापी…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई उसको आणविक कार्यक्रमबारे वार्ताका लागि समय सकिँदै गएको भन्दै कडा चेतावनी दिएका छन्। यो चेतावनी…

प्रतिकृयाहरू
...