Thursday 10th September 2026

गजल -टंक रिजाल ‘सन्तोष’


गजल

सोच्थें, सरकार जनताको उद्दार गर्दैछ ।
गलत रैछु म उ त यहाँ ब्यापार गर्दैछ ।।

लाग्ने भन्दा दोब्बर तेब्बर भाडा लिइ
कमिसनको खेल आफै सरकार गर्दैछ ।

हुँदा हुँदा राजनीति, लास माथि पनि
हदै नाघेर सत्ताधारी ब्यबहार गर्दैछ ।।

वजन नभएका गफ उखान टुक्का गर्दै
बहुमतको सरकारले भ्रष्टचार गर्दैछ ।।

जनता मर्दै गर्दा रोग भोकको चपेटामा
सरकार सहयोग पठाउन दोधार गर्दैछ ।।

-टंक रिजाल ‘सन्तोष’
हाल – सिड्नि अस्ट्रेलिया


सम्बन्धित शीर्षकहरु

यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाका केही तेल तथा सैन्य केन्द्रहरूमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेका छन्। हुथीहरूले यो आक्रमण साउदी…

अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेनाले मंगलबार इरानका पाँचवटा तेल ट्याङ्करमाथि आक्रमण गर्दा एउटा ट्याङ्कर डुबेको…

आत्महत्या भनेको जानाजानी आफ्नै जीवन अन्त्य गर्ने कार्य हो। सामान्यतया, जब कुनै व्यक्ति अत्यधिक भावनात्मक पीडा, निराशा वा आफूले सामना…

प्रतिकृयाहरू
...