Tuesday 30th April 2024

नेपालमा कोरोना संक्रमितको संख्या ११७५५ पुग्यो, थप एक जनाको मृत्यु


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ५९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४८ जनाले कोरोना जितेर घर फर्केका छन् र थप १ जनाको ज्यान गएको छ । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या ११७५५ पुगेको छ भने अहिलेसम्म ७६ जिल्लामा कोरोनाभाइरस फैलिसकेको र देशका विभिन्न अस्पताल तथा अाइसोलेसन सेन्टरमा गरि जम्मा ९०३० जना उपचाररत रहेको कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिडिया ब्रिफिङमा जनाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार शुक्रबार अपरान्ह सम्म कुल २६९८ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि दाङमा वेवारिसे अबस्थामा रहेकी एक युवतीको कोरोनाको कारण मृत्यु भएको छ भने कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २७ पुगेको छ। हालसम्म देशभरका २२ वटा ल्याबबाट पोलिमरेज चेन रियाक्सन भनिने पीसीआर विधिबाट देशभरि २०६२७१ जनाको परीक्षण भएको  छ भने क्वारेन्टाइनमा ७१ हजार १२ जना रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म ९८ लाख ८ हजार भन्दा बढि संक्रमित भइ ५२ लाख ९९ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ४ लाख ९३ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

बझाङ प्रदेशसभा-१ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी निर्वाचित भएका छन्। नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै भण्डारी विजयी…

उम्म फाहदको नामले चिनिने इराकी सोशल मिडिया स्टार गुफ्रान सवादीको गोली हानी हत्या गरिएको छ । उनलाई इराकको राजधानी बगदादमा…

केन्यामा घनघोर वर्षा र वर्षापछि आएको बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ भने बाढीबाट लाखाैं प्रभावित भएका छन्…

प्रतिकृयाहरू
...