Sunday 18th October 2026

नेपालमा कोरोना संक्रमितको संख्या ११७५५ पुग्यो, थप एक जनाको मृत्यु


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ५९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४८ जनाले कोरोना जितेर घर फर्केका छन् र थप १ जनाको ज्यान गएको छ । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या ११७५५ पुगेको छ भने अहिलेसम्म ७६ जिल्लामा कोरोनाभाइरस फैलिसकेको र देशका विभिन्न अस्पताल तथा अाइसोलेसन सेन्टरमा गरि जम्मा ९०३० जना उपचाररत रहेको कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिडिया ब्रिफिङमा जनाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार शुक्रबार अपरान्ह सम्म कुल २६९८ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि दाङमा वेवारिसे अबस्थामा रहेकी एक युवतीको कोरोनाको कारण मृत्यु भएको छ भने कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २७ पुगेको छ। हालसम्म देशभरका २२ वटा ल्याबबाट पोलिमरेज चेन रियाक्सन भनिने पीसीआर विधिबाट देशभरि २०६२७१ जनाको परीक्षण भएको  छ भने क्वारेन्टाइनमा ७१ हजार १२ जना रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म ९८ लाख ८ हजार भन्दा बढि संक्रमित भइ ५२ लाख ९९ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ४ लाख ९३ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

प्रतिकृयाहरू
...