Sunday 18th October 2026

नेपालमा कोरोनाको कारण थप १ को मृत्यु, संक्रमितको कुल संख्या १००९९


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ७६ जनाले कोरोना जितेर घर फर्केका छन् र थप १ जनाको मृत्यु भएको छ । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १००९९ पुगेको छ भने अहिलेसम्म ७६ जिल्लामा कोरोनाभाइरस फैलिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिडिया ब्रिफिङमा जनाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार मंगलबार अपरान्ह सम्म कुल २२२४ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि दैलेख जिल्ला दुल्लु नगरपालिका – ३ का ४५ वर्षीय पुरुषको कोरोनाको कारण मृत्यु भएको छ भने अहिलेसम्म मृत्यु हुनेको संख्या २४ पुगेको छ । हालसम्म देशभरका २२ वटा ल्याबबाट पोलिमरेज चेन रियाक्सन भनिने पीसीआर विधिबाट देशभरि १८६३६६ जनाको परीक्षण भएको  छ भने क्वारेन्टाइनमा ८५ हजार ८ सय १३ जना रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म ९२ लाख २० हजार भन्दा बढि संक्रमित भइ ४९ लाख ६३ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ४ लाख ७४ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

प्रतिकृयाहरू
...