Thursday 25th April 2024

हाम्रो देश बिग्रनुको कारण के ? -सुशिल बस्याल


सुशिल बस्याल – हाम्रो देश नेपाल हो। नेपाललाई प्रकृतिको अनुपम नमुना मानिएको छ। देशले हामLलाई पहिचान,अस्तित्व प्रदान गरेको छ । छातीमा सिङ्गो देश छ तर त्यही छातीलाई सुरक्षित राख्न नसकेर हामी नामर्द बनेका छौ।

विकास, परम्परा, सस्कार, रितिरिबाज सबैलाई कात्रो ओडाए जस्तो भएको छ। सबैले आफ्ना कर्तव्य भुलेका छन । सबैको सानो प्रयासले देशमा आमूल परिवर्तन निश्चित छ।तर प्रयास भएको छैन। देशका नियमलाई हात्तिको देखाउने दात बनाएर निर्दोषलाई कार्बाही गरि समाजमा समाजसेवी र भलादमी हु भन्दै शिर ठाडो पारी हिड्ने भलादमी टाउकाहरु आकास तिर फर्किएर थुके हुन्छ । हामी हरु सबै एकताबद्ध भै बिकास निर्माणको कार्यमा हातेमालो गरि सभ्य समाजको निर्माण गर्नुपर्छ। सहि र गलत छुट्याउनु पर्छ। भ्रष्टाचारिलाई सजाय दिलाउन सक्नुपर्छ ।

हामी नेपाली हौ भनी गर्व त गर्छौ तर देशकै लागि के गर्न सकेका छैनौ। अब को यी बुदामा प्रस्ट छ ।

(१)पानी बिजुली ग्यासलाई सदुपयोग गरि उर्जा खपत गर्न नसक्नु ।
(२)वृक्ष ढलाउन सजिलै सक्ने तर रोपण गर्न नसक्नु ।
(३)देशका नियम पालना गर्न नसक्नु ।
(४)पदमा भएसी “भ्रष्टाचार” गर्नै पर्छ भन्ने धारणा राख्नु ।
(५)सबै नेपाली एकताबद्ध हुन नसक्नु ।
(६)कर्मचारीले निस्वार्थ भाबनाले सेवा नदिनु ।
(७)चेतनामूलक कुरामा पछाडि रहनु ।
(८)सिर्जनशिल काममा ब्यस्त नहुनु ।
(९)बिकास निर्माणमा स्थानीयले नै बिरोध गर्नु ।
(१०)जुन सुकै कार्य पनि इमानदारीता का साथ गर्न नसक्नु ।

यी केही बुंदालाई सकारात्मक दृष्टिले सुल्टो बनाई कार्यन्वन गर्न सकेमा देश आफै समृद्द बन्दै जान्छ भन्नलाई कुनै अत्युक्ति मान्दिन । देशका लागि सेवा गर्छु भनी छातीमा हात राखी सपथ खानु भएका नेता ज्युहरु प्रती मेरो अनुरोध तल प्रस्तुत गरेको छु ।

(१)भ्रष्टाचार गरि घर बनाउछु। गाडी किन्छु भन्ने नसोच्नु होला ।
(२)सरकारी पैसाले करोडौंको गाडी किनेर नहिड्नुहोला ।(उक्त पैसा कुनै बिकास निर्माणको कार्यमा लगानी गर्नुहोला )
(३)दोषिलाई छुट दिई निर्दोषलाई सजाय दिलाउने प्रयास नगर्नुहोला ।
(४)अधिकारलाई राजनैतिक बिषय नबनाउनुहोला ।
(५)आफ्ना पक्षले भाषण गर्दा बिनामेसै ताली र टेबल नठोक्नुहोला ।
(६)शैक्षिक सस्थाहरु राजनीतिमा झर्ने बाताबरण तय नगर्नुहोला ।
(७)फास्ट ट्रयाक बाटो बनाउछौ भन्दै जनताको जमिन माथी बिनासिद्धी डोजर नचलाउनुहोला ।
(८)बलात्कार र कालोधन्दाको अन्त्य हुने बाताबरण गराउनुहोला ।
(९)आयातमा भन्दा निर्यातमा बढी जोड दिनुहोला ।
(१०)रेमिट्यान्सले देश चलाउछु भन्ने नसोच्नुहोला ।

मेरो अनुरोध सबै जनताको अनुरोध हो । देशलाई कछुवाको गतिमा हिड्न दिनु भएन . बिकास निर्माणका माध्यमबाट बजेटको सहि सदुपयोग गर्नु अहिलेको अपरिहार्य आवश्यकता हो।युवाहरुलाई नयाँ नयाँ तालिममा प्रोत्साहन गर्ने र सडक बालबालिका मुक्त देश बनाउने तर्फ विशेष ध्यान जानुपर्ने देखिन्छ।सडकमै बस्न बाध्य जनता, दुःखी,असायहरुको ठूलो मद्दतबाट कुर्ची पाएको कुरा देशका सम्पुर्ण नेता ज्युहरुले जिबनमा कहिल्यै नभुल्नुहोला । कुन बेला कुन काम गर्न उपयुक्त हुन्छ भनी सोचेर कार्य गर्नुहोला देश आफै बन्दै जान्छ ।

नोट: सम्पुर्ण स्थानीयले पनि बिकास निर्माणका कार्यमा अवरोध नपुराई सहयोग गर्नुहोला । कर्मचारी बर्गले निस्वार्थ भाबनाले सहयोग गर्नुहोला ।

***-****-****-***
बिकास गर्न देशको सबै जनता अग्रसर भएमा
बिकास बल्ल हुनेछ भ्रष्ट देशमा नभएमा
समृद्द र सुखी नेपाली बन्न कर्तव्य निभाउ
आफुले जान्या विविध कुरा सबैलाई बताउ

बगनासकाली ८ बराङदी पाल्पा


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले गौर हत्याकाण्डविरुद्ध कारण देखाऊ आदेश जारी गरेको हो । बुधबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले कारण देखाऊ आदेश…

नेपाली कथानक चलचित्र “महाजात्रा” यहि २५ अप्रिल २०२४ बिहीबारबाट कुवेतमा प्रदर्शनमा आउने भएको छ। कुवेत फाहाहिल स्थित आजीएल मलमा रहेको…

नेपाल र कतारबीच विभिन्न विषयमा सम्झौता तथा समझदारी भएको छ । कतारका अमिर तमिम विन हमाद अल थानीको नेपालको राजकीय…

प्रतिकृयाहरू
...