बाबुआमाले सन्तानलाई पाल्छन दुःख गरी ।
सन्तानले माया गर्छन काम गर्न सक्नुजली ।।
सन्तानले दवाब दिन्छन्, बृद्दाश्रम पुग्छन ।
बाउ आमालाई रुआएर मोजमस्ती गर्छन ।।
सन्तानबाट बुढाबुढीले आखिर के नै लिए ।
सन्तानको खुशीलाई भन्दा घरै छोड्दिए ।।
बाउआमाले दुईछाक पनि पाएनन खान ।
पाप धर्म नसम्झिने कस्ता भए सन्तान ।।
सन्तानको लागि भनी जोडि दिए धन ।
बाउआमालाई सन्ततिले दिएनन मन ।।
आशीर्वाद र मायाले सन्ताललाई बढाए ।
तिनै पापी सन्तानाले बृद्दाश्रम टेकाए ।।
बुहारी नि कस्ती परि खाली गर्छे हेला ।
त्यसका सन्तान बढेपछि बल्ल पर्छे फेला ।।
अहिले उसले जस्तो गर्छे त्यस्तै हुन्छ भोली ।
वृद्ध बुढा बुढी जे गर्दा नि बसे केहि नबोली ।।
छोराले नि बुहारीको कुरा सुनी बस्यो ।
बुढाबुढी बाउआमाको सपना खस्यो ।।
सन्तानको खुशी देख्न जे पनि गरे ।
बुढेसकालमा बेसहारा बनी घरबाट सरे ।।
छोरो पनि पुग्यो बरै बर्षौ पछि भेट्न ।
मायाले किन ह औठा छाप लाउन ।।
छोरो आएको देख्न साथ बुढाबुढी रमाए ।
बुढाबुढीले ल्याप्चे लाउँदा हात कमाए ।।
सुशिल बस्याल
पाल्पा बगनासकाली-८
बराङ्दी बेलौतिखरक