Wednesday 25th March 2026

वृद्धाश्रम -सुशिल बस्याल


बाबुआमाले सन्तानलाई पाल्छन दुःख गरी ।
सन्तानले माया गर्छन काम गर्न सक्नुजली ।।

सन्तानले दवाब दिन्छन्, बृद्दाश्रम पुग्छन ।
बाउ आमालाई रुआएर मोजमस्ती गर्छन ।।

सन्तानबाट बुढाबुढीले आखिर के नै लिए ।
सन्तानको खुशीलाई भन्दा घरै छोड्दिए ।।

बाउआमाले दुईछाक पनि पाएनन खान ।
पाप धर्म नसम्झिने कस्ता भए सन्तान ।।

सन्तानको लागि भनी जोडि दिए धन ।
बाउआमालाई सन्ततिले दिएनन मन ।।

आशीर्वाद र मायाले सन्ताललाई बढाए ।
तिनै पापी सन्तानाले बृद्दाश्रम टेकाए ।।

बुहारी नि कस्ती परि खाली गर्छे हेला ।
त्यसका सन्तान बढेपछि बल्ल पर्छे फेला ।।

अहिले उसले जस्तो गर्छे त्यस्तै हुन्छ भोली ।
वृद्ध बुढा बुढी जे गर्दा नि बसे केहि नबोली ।।

छोराले नि बुहारीको कुरा सुनी बस्यो ।
बुढाबुढी बाउआमाको सपना खस्यो ।।

सन्तानको खुशी देख्न जे पनि गरे ।
बुढेसकालमा बेसहारा बनी घरबाट सरे ।।

छोरो पनि पुग्यो बरै बर्षौ पछि भेट्न ।
मायाले किन ह औठा छाप लाउन ।।

छोरो आएको देख्न साथ बुढाबुढी रमाए ।
बुढाबुढीले ल्याप्चे लाउँदा हात कमाए ।।

सुशिल बस्याल
पाल्पा बगनासकाली-८
बराङ्दी बेलौतिखरक


सम्बन्धित शीर्षकहरु

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

प्रतिकृयाहरू
...