Friday 25th September 2026

नेपालमा ४४८ नयाँ संक्रमित थपिए, थप एक जनाको मृत्यु, कुल संक्रमित ५०६२ पुग्यो


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १६ जनाले कोरोना जितेर घर फर्केका छन् र थप १ जनाको ज्यान गएको छ । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या ५०६२ पुगेको छ भने अहिलेसम्म ७२ जिल्लामा कोरोनाभाइरस फैलिसकेको छ । हाल ४१६९ जना बिभिन्न अस्पतालहरू तथा अाइसोलेसन सेन्टरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिडिया ब्रिफिङमा जनाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार शुक्रबार अपरान्ह सम्म कुल ८७७ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यस मध्ये ७८६ जना पुरूष र ९१ जना महिला रहेका छन् । त्यसै गरि अर्घाखांची जिल्लाका ५७ वर्षीय पुरूषको कोरोनाको कारण ज्यान गएको छ । यसरी अहिले सम्म १६ जनाको ज्यान गएको छ । हालसम्म देशभरका २१ वटा ल्याबबाट पोलिमरेज चेन रियाक्सन भनिने पीसीआर विधिबाट देशभरि १२१८६२ परीक्षण भएको  तथा अारडिटी परिक्षणबाट १८८०५२ जनाको परिक्षण गरिएको छ भने क्वारेन्टाइनमा १ लाख ५८ हजार ५० जना रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म ७६ लाख २२ हजार भन्दा बढि संक्रमित भइ ३८ लाख ६० हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ४ लाख २४ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।

 


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...