Tuesday 13th October 2026

नेपालमा कोरोना अपडेटः कुल संक्रमित ४६१४, निको हुनेको संख्या ८६१, मृत्यु हुनेको संख्या १५


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 को प्रकोपबाट पछिल्लो २४ घण्टामा थप २५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १८७ जनाले कोरोना जितेर घर फर्केका छन् । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या ४६१४ पुगेको छ भने अहिलेसम्म ७२ जिल्लामा कोरोनाभाइरस फैलिसकेको छ । हाल ३७३८ जना बिभिन्न अस्पतालहरू तथा अाइसोलेसन सेन्टरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिडिया ब्रिफिङमा जनाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार बिहिबार अपरान्ह सम्म कुल ८६१ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । हालसम्म देशभरका २१ वटा ल्याबबाट पोलिमरेज चेन रियाक्सन भनिने पीसीआर विधिबाट देशभरि ११५९३० परीक्षण भएको  तथा अारडिटी परिक्षणबाट १७८१४३ जनाको परिक्षण गरिएको छ भने क्वारेन्टाइनमा १ लाख ६२ हजार १३ जना रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म ७४ लाख ८२ हजार भन्दा बढि संक्रमित भइ ३७ लाख ९८ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ४ लाख १९ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

नेपालमा गत भदाै १० गते भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको सहयोगका लागि गैरआवासीय…

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने नाममा ठगी गरिएको प्रकरणको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।…

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

प्रतिकृयाहरू
...