Wednesday 30th September 2026

“अब बल्ल फेरिन्छ मेरो गाउँ” -सुशिल बस्याल


गाउँघरका मानिस आफ्नै गाउँ शून्य बनाएर भारी गुन्टा बोकी सहर तिर प्रबेश गरे। कोहि रोजगारिको लागि,अध्ययनको लागि,सुख सयल सँग जिन्दगी बिताउन सहरतिरै आकर्षित भए। श्रीमान बिदेश पसे पश्चात् श्रीमतीहरु गाउँमा नबस्ने संस्कार जस्तै भएको छ । बिस्तारै शुन्य हुँदै रित्तिएका छ्न गाउँहरु ।

बिहान साँझ घरगोठबाट निस्किएका धुवाँले र लिपिएका दलानहरुले मान्छेको अस्तित्व बुझाएको छ। बुढाबुढीले सकुन्जेल त जोतिएका छन खेतबारी। ढिकी जाँतो बज्न छाडेको त बर्षौ भयो होला ? गाउँमा पाका मानिसहरु चौपारीमा बसि गफ गर्ने चलन पनि हट्यो। केटाकेटी भेला भै दोबाटोमा भाडाकुटी खेल्न छाडे । हुन त गाउँमा डोजरले नकोरेको कुनै ठाउँ
छैन । सहरमा जत्तिकै बाटो बिस्तार भएको छ । वर पिपल स्वामी सबै ढालिएका छन।

विकास गर्नु राम्रो हो, तर बिनास भयो सबै ।
चौपारी भत्की बाटो बन्यो, उढि गए चरी सबै ।
काम भन्दा बढी बिनास, सहज केही भएन ।।
शितल दिने रुख छैन, मरुभूमि हुने भयो सबै ।।।

बाँदरहरुले बस्ती बनाएको छ । गाउँका घरमा झारपातले ढाकेको छ । सबै गाउँ बस्तीमा के गरि बस्छन खोइ बुढाबुढी ? कस्ले धपाउँछ बाँदर ? पानीका पाईपका नाला घर वरिपरि बिछ्याइएको वर्षौ हुदा पनि धाराबाट पानी चुईदैन । बजार तिरकै हाउहाउले हल्लाएको छ गाउ । बुढाबुढीको कुरा कस्ले सुन्छ खोइ ? बिदेशबाट छोराले आफ्नी श्रीमतीलाई पैसा पठाउँछ । श्रीमतीलाई पठाएका पैसा जति ब्युटिपार्लरले पाएका छन ।

मान्छे नै नबस्ने ठाउँमा सहरमा जत्रै बाटो बनाएर को हिड्छ खोइ ? अनुदानमा गोठ र गोबर ग्याँस बनाएर कस्ले पाल्छ खोइ भैंसी,गोरु ? बुढाबुढी छोरा छोरी आउने बाटो हेरेर दिन बिताएका छन। वैदेशिक रोजगारीमा रहरले त कोहि जादैनन तर आफ्नै माटोमा पसिना बगाए पसिनाको मुल्य अबस्य पनि पाईन्छ।

ठुला ठुला घर बनायो भनेर साथीले ।
विदेशतिर धाउँदा-धाउँदै चिन्दैन नातीले ।।

तर अहिले, नफर्किएका ती छोराछोरीलाई जबर्जस्ती फर्काउने क्रममा छ कोरोना भाईरस । विदेशमा रोजगारी नै गुमेपछी को बस्न सक्छ मरभूमि जस्तो ठाउँमा । श्रीमानले पैसा पठाउन छाडेपछी कसरी बस्न सक्छन सहरमा । बस्न नसकिने अबस्था आएपछी प्यारो भयो गाउँ सुखसयल सँग बस्न सहर पसेकाहरु सुखै नभएपछि प्यारो भयो गाउँ। कुनै रोजगारि नपाएपछि प्यारो भयो आफ्नो माटो खनिने भए अब बाझा खेतबारी । दशैमा नटालिएका ती घरहरु अब बिस्तारै टालिने भए, दैलौ खुल्ने भयो । जंगली जनाबर अब गाउँ घरमा आउदैनन् कि ? बुढाबुढीको मनमा खुशी छाउने भयो।

सबैजना एकजुट बनौ गाउँप्रति सकारात्मक दृश्टिले हेरौ ।
बिकास निर्माणमा हातेमालो गरौ र बनाउ ,,,
“समृद्ध नेपाल सुखी नेपाली ”

“चहलपहल नै नभएको गाउँ फेरिन्छ अब ।
सहरतिर गएका सबै फर्किन्छन जब ।
सहरबाट खुशी हुँदै आउनुपर्छ लस्कर
रितिरिवाज,परम्परा जोगाउँ संस्कार । ”

सुशिल बस्याल
बगनासकाली ८ बराङ्दी बेलौतिखर्क


सम्बन्धित शीर्षकहरु

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

दुबईबाट तेल अभिभका लागि उडेको फ्लाई दुबईको एफजेड १०७३ उडान बुधबार साउदी अरबमा आपत्कालीन रूपमा अवतरण गरिएको छ। उडानका क्रममा…

अमेरिकाको लस एन्जलसमा सम्पन्न एमटीभी भिडियो म्युजिक अवार्ड्स (भीएमए) २०२६ मा म्याडोना र टेलर स्विफ्टले वर्चस्व कायम गरेका छन्। म्याडोनाले…

प्रतिकृयाहरू
...