Friday 3rd May 2024

नेपालमा एकैदिन १७० कोरोना संक्रमित थपिए, थप १ जनाको मृत्यु


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 को प्रकोपबाट नेपालमा शुक्रबार एकैदिन थप १७० जनामा संक्रमण पुष्टि भइ संक्रमितको कुल संख्या संख्या १ हजार २१२ पुगेको छ भने थप १ जनाको मृत्यु हुन गइ ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । त्यसै गरि संक्रमितमध्ये हालसम्म २०६ जना निको भएर घर फर्किइसकेका छन् । पछिल्लो २४ घण्टामा १९ जना संक्रमितले स्वास्थ्य लाभ गरेका छन् ।

नेपालमा शुक्रवार १७० कोरोनाभाइरस सङ्क्रमित थपिएको र एकजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीवार अपराह्ण नेपालमा अब सङ्क्रमितको कुल सङ्ख्या १,२१२ पुगेको बताए । प्रवक्ता डा. देवकोटाका अनुसार बुधवार राति अर्घाखाँचीका ३५ वर्षीय पुरुषको मृत्यु भएको हो।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म ५९ लाख ३५ हजार भन्दा बढि संक्रमित भइ २६ लाख २ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ३ लाख ६२ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

नारायण कोइराला - पाल्पा साहित्य समाजको आयोजनामा अग्रज साहित्यकार नलराज शास्त्री नेपालको सम्मान तथा साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित सेनकालीन…

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

प्रतिकृयाहरू
...