Monday 13th April 2026

नेपालमा कोरोनाले तेश्रो व्यक्तिलाइ पनि लग्यो


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट गुल्मीका ४१ वर्षीय पुरुषको बिहीवार बिहान उपचारको क्रममा मृत्यु भएको छ।। यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

प्रदेश नं ५ को प्रादेशिक सामाजिक विकास मन्त्रालयद्वारा प्रकाशित एक विज्ञप्तिमा उनको बिहीवार बिहान निधन भएको पुष्टि गरिएको हो। सामाजिक विकासमन्त्री सुदर्शन बरालले हस्ताक्षर गरेको वक्तव्यमा भनिएको छ: “उहाँलाई बचाउन अनेकौँ प्रयास गर्दा पनि बचाउन नसकिएकोमा निकै दु:खी छौँ।”

गुल्मी मदाने गाउँपालिका–६ का उनलाइ  एकसाता अघि उच्च ज्वरो आएसँगै रुघाखोकीले सताएपछि स्थानीय क्लिनिकहरूमा उपचार सम्भव नभइ सिकिस्त भएपछि रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा भर्ना गरिआइसियूमा राखेर उपचार गरिदै आएको थियो ।

याे सँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ३ पुगेकाे छ । यसअघि नेपालमा कोरोनाबाट सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिला र बाँकेका एक युवककाे ज्यान गइसकेकाे छ ।  नेपालमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमितको कुल सङ्ख्या ४४४ छ भने ४९ जनाले स्वास्थ्य लाभ गरि सकेका छन् ।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...