Friday 16th January 2026

नेपालमा २६ नयाँ कोरोना संक्रमित, कुल संक्रमित २४३ पुग्यो


तितोपाटी – नेपालमा बुधबार थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं र रुपन्देहीमा भएका परीक्षणमा यी संक्रमण देखिएका हुन् । यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ । बुधबार बिहान २ जनामा मात्र संक्रमण देखिएकोमा साँझ अरू २४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो सङ्क्रमण देखिएका व्यक्तिहरू रूपन्देही, कपिलवस्तु, पर्सा, नवलपरासी र बाँके जिल्लाको भएको मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले जनाएका छन्।

उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताइएको छ।

विश्वव्यापी महामारीको रूपमा फैलीरहेको कोरोना भाइरसको कारण संसार भर अहिले सम्म ४३ लाख ९५ हजार भन्दा बढी संक्रमित भएका छन् भने १६ लाख ४३ हजार भन्दा बढीले स्वास्थ्य लाभ गरिसकेका छन् । यो रोगबाट मर्ने मानिसहरूको संख्या २ लाख ९५ हजार नाघि सके पनि नेपालमा भने अहिले सम्म १ जनाको पनि ज्यान गएको छैन । नेपालमा यो रोगबाट निको भएर घर फर्कनेको संख्या ३५ पुगेको छ ।


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...