Wednesday 14th January 2026

नेपालमा कोरोना संक्रमित ह्वात्तै बढे, संक्रमितको संख्या १३४ पुग्यो


तितोपाटी – नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य मन्त्रालयले सोमबार साँझ अध्यावधिक गरेको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ सय ३४ पुगेको छ । सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा थप १३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टा यता मात्रै नेपालमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलबस्तुका ६, रुपन्देहीका ६ र बर्दियाका १ जनामा कोरोनाभाइरसको पुष्टि भएको हो । यस अघि आज (सोमबार) नै कपिलवस्तु जिल्लाका १० जनामा युवकमा र सप्तरीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसबाट विश्वभरमा अहिले सम्म ४२ लाख भन्दा बढी संक्रमित भएका छन् भने १५ लाख भन्दा बढिले स्वास्थ्य लाभ गरिसकेको यो रोगबाट अहिले सम्म २ लाख ८४ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

नेपाल मगर संघ शाखा कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन कार्यक्रम माघे संक्रान्तिको अवसरमा आगामी जनवरी १६ तारिख शुक्रबार बिहान ११ बजे…

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि यदि इरानका अधिकारीहरूले सरकार विरुद्धको लोकप्रिय विद्रोहको दमनमा मानिसहरूलाई फाँसी दिन थाले भने संयुक्त…

गुलाम नवी मन्सुर/ कुवेत - नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला एउटा यस्तो 'नग्न नाच' मञ्चन भइरहेको छ, जसलाई हेरेर दर्शक (जनता)हरू…

प्रतिकृयाहरू
...