Monday 13th April 2026

नेपालमा कोरोना संक्रमित ह्वात्तै बढे, संक्रमितको संख्या १३४ पुग्यो


तितोपाटी – नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य मन्त्रालयले सोमबार साँझ अध्यावधिक गरेको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ सय ३४ पुगेको छ । सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा थप १३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टा यता मात्रै नेपालमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलबस्तुका ६, रुपन्देहीका ६ र बर्दियाका १ जनामा कोरोनाभाइरसको पुष्टि भएको हो । यस अघि आज (सोमबार) नै कपिलवस्तु जिल्लाका १० जनामा युवकमा र सप्तरीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसबाट विश्वभरमा अहिले सम्म ४२ लाख भन्दा बढी संक्रमित भएका छन् भने १५ लाख भन्दा बढिले स्वास्थ्य लाभ गरिसकेको यो रोगबाट अहिले सम्म २ लाख ८४ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...