Friday 20th March 2026

नेपालमा थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०९ पुग्यो


तितोपाटी – नेपालमा थप सातजना व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिवार जनाएको छ। मन्त्रालद्वारा शनिवार बिहान जारी विज्ञप्ति अनुसार योसँगै नेपालभरि कोरोनाभाइरसबाट सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या १०९ पुगेको छ।

कोरोना सक्रमितहरूको काठमाण्डूको टेकुस्थित जनस्वास्थ्य प्रयोगशाला र विराटनगरस्थित कोशी अस्पतालमा नमुना परीक्षण गरिँदा नयाँ सात जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार सङ्क्रमितहरू उदयपुर भुल्केका १८, ४५ र ६५ वर्षका महिलाहरू र कपिलवस्तुका १७, १८ र १८ वर्षका पुरुषहरू तथा पर्सा छपकैयाका ६२ वर्षका पुरुष छन्।

उनीहरूको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको पनि मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

यस अघि बिहिबार राती २ जना र शुक्रबार १ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...