Friday 16th January 2026

नेपालमा थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०९ पुग्यो


तितोपाटी – नेपालमा थप सातजना व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिवार जनाएको छ। मन्त्रालद्वारा शनिवार बिहान जारी विज्ञप्ति अनुसार योसँगै नेपालभरि कोरोनाभाइरसबाट सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या १०९ पुगेको छ।

कोरोना सक्रमितहरूको काठमाण्डूको टेकुस्थित जनस्वास्थ्य प्रयोगशाला र विराटनगरस्थित कोशी अस्पतालमा नमुना परीक्षण गरिँदा नयाँ सात जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार सङ्क्रमितहरू उदयपुर भुल्केका १८, ४५ र ६५ वर्षका महिलाहरू र कपिलवस्तुका १७, १८ र १८ वर्षका पुरुषहरू तथा पर्सा छपकैयाका ६२ वर्षका पुरुष छन्।

उनीहरूको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको पनि मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

यस अघि बिहिबार राती २ जना र शुक्रबार १ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...