Friday 3rd April 2026

कुवेतमा ४८५ जना नयाँ संक्रमित, कोरोना संक्रमितको संख्या ६२८९ पुग्यो


तितोपाटी – कोरोना भाईरस(कोभिड-१९ )बाट कुवेतमा मेई-६ तारिक बुधबार ४८५ जना नयाँ संक्रमित भेटिएका छन् भने अहिलेसम्म ६२८९ जना संक्रमित भएका छन।कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घन्टामा ४८५ जनामा कोरोना संक्रमण देखिएको हो जसमा १५२ जना भारतिय नागरिक रहेका छन।यसै गरि पछिल्लो २४ घन्टामा ९९ जना कुवेती नागरिक, ८४ जना इजिप्सीयन नागरीक र ४९ जना बंगलादेशी नागरिक लगायतका रहेका छन्  । थोरै संख्यामा भेटिएका अन्य देशका नागरिकको भने संख्या खुलाइएको छैन ।

पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको जनाइएको छ भने  कुवेतमा अहिले सम्म कोरोना संक्रमणबाट ४२ जनाको मृत्यु भएको छ।यसै गरि पछिल्लो २४ घण्टामा १८७ जनाले स्वास्थ्यलाभ गरेका छन् ।

संक्रमितहरू १२६ जना फरवानिया गभर्नरेटबाट, १०६ जना हवाली गभर्नरेटबाट, ७० जना सेन्ट्रल गभर्नरेटबाट, ५२ जना अहमदी गभर्नरेटबाट, ४९ जना जाहरा गभर्नरेटबाट र ८२ जना अाैधोगिक क्षेत्र तथा घरेलु क्वारेन्टाइनमा परिक्षण गर्दा पुष्टि भएका हुन् ।

आज प्रकाशित समाचारमा जनाईए अनुसार जम्मा ६२८९ संक्रमित मध्ये ४२८८  जना सघन उपचार कक्षमा रहेका छन् । अहिले सम्म ४२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको र ४० जना गम्भीर अबस्थामा रहेको जनाइएको छ भने अहिले सम्म २२१९ जनाले स्वास्थ्य लाभ गरिसकेका छन।


सम्बन्धित शीर्षकहरु

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

प्रतिकृयाहरू
...