Sunday 12th October 2025

कुवेतमा ४८५ जना नयाँ संक्रमित, कोरोना संक्रमितको संख्या ६२८९ पुग्यो


तितोपाटी – कोरोना भाईरस(कोभिड-१९ )बाट कुवेतमा मेई-६ तारिक बुधबार ४८५ जना नयाँ संक्रमित भेटिएका छन् भने अहिलेसम्म ६२८९ जना संक्रमित भएका छन।कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घन्टामा ४८५ जनामा कोरोना संक्रमण देखिएको हो जसमा १५२ जना भारतिय नागरिक रहेका छन।यसै गरि पछिल्लो २४ घन्टामा ९९ जना कुवेती नागरिक, ८४ जना इजिप्सीयन नागरीक र ४९ जना बंगलादेशी नागरिक लगायतका रहेका छन्  । थोरै संख्यामा भेटिएका अन्य देशका नागरिकको भने संख्या खुलाइएको छैन ।

पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको जनाइएको छ भने  कुवेतमा अहिले सम्म कोरोना संक्रमणबाट ४२ जनाको मृत्यु भएको छ।यसै गरि पछिल्लो २४ घण्टामा १८७ जनाले स्वास्थ्यलाभ गरेका छन् ।

संक्रमितहरू १२६ जना फरवानिया गभर्नरेटबाट, १०६ जना हवाली गभर्नरेटबाट, ७० जना सेन्ट्रल गभर्नरेटबाट, ५२ जना अहमदी गभर्नरेटबाट, ४९ जना जाहरा गभर्नरेटबाट र ८२ जना अाैधोगिक क्षेत्र तथा घरेलु क्वारेन्टाइनमा परिक्षण गर्दा पुष्टि भएका हुन् ।

आज प्रकाशित समाचारमा जनाईए अनुसार जम्मा ६२८९ संक्रमित मध्ये ४२८८  जना सघन उपचार कक्षमा रहेका छन् । अहिले सम्म ४२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको र ४० जना गम्भीर अबस्थामा रहेको जनाइएको छ भने अहिले सम्म २२१९ जनाले स्वास्थ्य लाभ गरिसकेका छन।


सम्बन्धित शीर्षकहरु

राजेन्द्र गोपाल सिंह - पुष्कर राज रेग्मी म पढेको स्कुल प.प.न.मा.वि. तानसेनमा पढेका हुन् । हाम्रो बसोबास पनि एउटै भगवती…

विश्वका ४० भन्दा बढी देशमा क्रियाशील झापाली समाजहरूको छाता संस्था अन्तर्राष्ट्रिय झापाली समाजको पाँचौं अधिवेशन झापाको बिर्तामोडमा भव्यतापूर्वक सम्पन्न भएको…

तितोपाटी - जेन-जी सहिद परिवारले सरकारसमक्ष तीनवटा मन्त्रालयको माग गरेका छन् । बिहीबार राजधानीको संवाद डबलीमा सहिद परिवार संघर्ष समितिले…

प्रतिकृयाहरू
...