Friday 16th January 2026

नेपालमा थप १७ जना कोरोना सक्रमित भेटिए, जम्मा संक्रमित ९९ पुगे


तितोपाटी – नेपालमा एकै दिन थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जका १७ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा वीरगञ्जका थप १७ मा कोरोना पुष्टि भएको जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ ।

त्यसैगरी देवकोटाले कोरोना संक्रमण भएर ठिक भएका तीन जनामा पुनः परीक्षण गर्दा पोजेटिभ नतिजा आएको जानकारी दिए । रौतहट, पर्सा र काठमाडौका एक एक जनामा पुनः परीक्षण गर्दा कोरोना संक्रमण देखिएको देवकोटाले जानकारी दिए ।

देवकाेटाका अनुसार आज संक्रमण पुष्टि भएकामा दुई महिनाकाे बच्चादेखि ६६ वर्ष उमेर समूहका छन् ।


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...