Thursday 2nd April 2026

कुवेतमा आज पनि ६ नेपाली सहित ३६४ जना कोरोना संक्रमित, ५ जनाको मृत्युु


तितोपाटी – कुवेतमा कोरोना भाइरस (कोभिड-१९) बाट पछिल्लो २४ घन्टामा ६ नेपाली सहित ३६४ जना संक्रमित भएका छन, भने ५ जनाको मृत्युु भएको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

कुवेतमा पछिल्लो २४ घन्टामा ३६४ सहित अहिलेसम्ममा ४,९८३ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कुवेतमा कोरोना भाइरसबाट आजसम्ममा ८४ जना नेपाली संक्रमित भएका छन । पछिल्लो २४ घन्टामा कोरोना भाइरसबाट ५ जना सहित अहिले सम्ममा मृत्युु हुनेको संख्या ३८ पुगेको छ ।

पछिल्लो २४ घन्टाको तथ्यांक अनुसार सबै भन्दा बढी  जना भारतीय नागरिक रहेका छन । कुवेतको स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घन्टाको तथ्यांक अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेमा ४६ वर्षीय बङ्गाली नागरिक, ४३ र ६३ वर्षिय इन्डियन नागरिक, ६१ वर्षिय पाकिस्तानी नागरिक र ५४ वर्षिय जोर्डनी नागरिक रेहेको अरब टाइम्स अनलाइनमा जनाइएको छ ।

कुवेतको स्वास्थ्य मन्त्रालयले दिइएको जानकारी अनुसार जम्मा ४,९८३ जना कोरोना संक्रमित मध्ये अहिले सम्म १,७७६ जनाले स्वास्थ्य लाभ गरिसकेका छन । कोरोना भाइरसबाट  संक्रमित ३,१६९ जना विभिन्न अस्पतालमा उपचाररत छन भने ७२ जनाको स्वास्थ्य अवस्था निकै गम्भीर रहेको छ । कुवेत आप्रवासी कामदारमा बढी कोरोना भाइसको संक्रमण फैलिएको छ ।

तस्बिर – अरब टाइम्स कुवेत


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...