Tuesday 7th May 2024

महामारी नियन्त्रणको नाउँमा जनताको ढाड माथी नाङ्गो नाच


लोक याम्फु-  विश्व मानव इतिहासमा धेरै किसिमका महामारी तथा रोगहरुको सामना भोग्नु परेको जानकारहरु बताउछन। नेपालमा बि. स १९९० को महाभुकम्प, बिभिन्न समय काल खण्डमा देखा परेको डेङ्गुको र हैजाको स kmमस्या ,बि.स.२०४५ सालको दोस्रो महाभुकम्प तथा २०७२ सालमा गएको बिनासकारी भुकम्प र बारा र पर्सा जिल्लमा आएको हावाहुरीले धेरै सङ्ख्यामा नेपालले जनधनको क्षति बेहर्नु परेको दु:खद परिस्थितिमा हालै हामी माझ एउटा विपत्त भनौं या प्रकृतिक वा मानव निर्मित भनौं कोविड–१९ महामारीले सम्पूर्ण विश्व र नेपाल आक्रान्त भइरहेको वर्तमान स्थितिमा देश आर्थिक मन्दी हुनसक्ने सम्भावना उच्च देखिको र उद्योग, कल कारखाना,पर्यटन क्षेत्र, वित्तीय संस्था ,कृषि क्षेत्र लगायत विभिन्न क्षेत्र सङ्कटग्रस्त हुने भएकोले मजदूर तथा विपन्न गरीव जनताको रोजगारीमा समेत प्रत्यक्ष र अप्रतेक्ष असर परेको छ।

देशमा कोविड-१९ महामारीलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी निर्णय गर्छ भन्ने जनताले महसुस गरे पनि देशका मजदूर, साना किसान,असङ्गठित क्षेत्रका स्वरोजगार, विपन्न, असहाय र गरीव जनता भोकमरी र अभाव महसुस गरेर सयौं किलो मिटर हिडेर आफ्न घर गएको दु:खद दृश्यहरु देख्दा कति पय मानिसहरु अहिलेपनि सवारि साधन बिना बाटोमा हिडिरहेका छन ! सरकारले महामारी नियन्त्रण तथा प्रतिरोध बारे गम्भीर भएको देखिदैन। आम नेपाली जनताले यो विपत्त घडीमा आफ्ना भोक प्यास परिवारिक सुख शान्ति लाई त्यागेर जिवनको दु:खद घडि सङ्ग लड्दै सरकार लाई दिएको साथ सहयोग पनि बालुवामा पानी हाले सरह भएको छ।

महामारी बारे सरकारले पहिलोचोटि आधिकारिक निर्णय गर्दा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सम्बोधन गर्दै, पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट (पीपीई) स्वास्थ्यकर्मीका लागि आवश्यक पर्छ भन्दा किन चाहियो पीपीई भन्ने ठाडो प्रश्न गरेर झपारेका पनि हुन्न, पछि उनले माफी माग्दै अर्थ नबुझेको प्रतिक्रिया दिए। त्यसबेलादेखि नै अहिलेका स्वास्थ्यमन्त्री ढकालबाट देशले महामारी संग जुध्न नसक्ने स्वस्थ्य बिज्ञ तथा बुद्धिजीवीहरु बताउँदै आएका छन् । तर स्वस्थ्यमन्त्री भने उल्टो र सुल्टो प्रमाणिकतामा भुलेका छन् ! देशमा पुरै लकडाउन छ ,जनता घर भित्र लुकेका छन, भारत लगायत अन्य देशमा रहेका नागरिक का निम्ति कुनै ठोस कदम चाल्न सकेको छैन। जनतालाई भित्र बस्न आग्रह गरेर बाहिर कोरोना नियन्त्रणको लागि स्वास्थ्य समाग्री खरिद प्रक्रियामा दलालहरु सङ्ग सेटिङ्गमा ७० करोडको दाउमा कमिस खान तल्लिन देखिन्छ,यस्ता महामारीको संकटमा स्वस्थ्यमन्त्रीलाई कमिसनको खेलमा लाग्न कुन नैतिकताले दिएका होलान् मानिसको स्वस्थ्य जस्तो अत्यन्तै समवेदनशील विषयमा झन् पछिल्लो समय नेपालका एक मात्र वरिष्ठ सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनलाई मन्त्रालयमा जगेडामा राख्ने निर्णय गर्नुले जताततै मन्त्री ढकालले बिरोध खेप्नुपरेको छ।

अत: उच्चस्तरीय समन्वय समितिको बैठकमा दुई घन्टा प्रवचन दिएका ४ ओटा मानार्थ डाक्टर उपाधी थापेका प्रधानमन्त्री केपि ओलिले कोरोना भाईरस एक निर्जीव बस्तु हो तेस्मा बोसो हुन्छ र आँखा भन्दा मुख र नाक बाट बढी सर्ने र आँखाबाट पनि सर्छ चस्माको प्रयोग गर्नु पर्छ भन्ने हास्यास्पद सुझाव दिनुले आम जनता कति सुरक्षित महसुस गर्छन् भन्ने उदाहरण पेश गरेका बेला उच्च शैक्षिक योग्यता हासिल गरेका बुद्धिजीवीहरु,स्वास्थ क्षेत्रमा क्रियासिल स्वास्थ पेसा कर्मिहरू,सरूवा रोग विशेषज्ञ डाक्टरहरूको अध्यनले भनीरहेको छ कि,तुलनात्मक रूपले मुख र नाकबाट नै बढी सर्ने र कोरोना भाईरस निर्जीव हैन बिभिन्न बस्तुहरूमा बस्तु अनुसार कुनैमा छोटो समय जिबित र कुनैमा लामो समय सम्म जिबितै हुन सक्छ, भनीरहदा यता प्रधानमन्त्रीको भनाईमा सहमत हुनेहरू नेकपाका कार्यकर्ताहरू,सरकारका मन्त्रि तथा नेकपा निकट सरकारी कर्मचारीहरूले हो मा हो मिलाएर सत्ता संचालन गरेको देख्दा देश दुर्घटनामा पर्ने संकेत देखिएको बेला देशमा लोकतन्त्रको नाङ्गो नाच हाम्रो ढाड माथि नाचिएको छ ! असली रास्ट्रवादी नेताहरु गजबकै परेका छन् ! नेपाली जनतालाई अभिनेता बनाएर रंगमञ्चको
स्वाद लिइरहेका छन्


सम्बन्धित शीर्षकहरु

हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको प्रस्ताव स्वीकार गरेको बताएको छ । यद्यपि, इजरायलले शान्ति सम्झौताको बारेमा अहिलेसम्म…

सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दै गर्ने भएका छन् । सभामुखले आज बिहान साढे ११…

तितोपाटी-आगामी शुक्रबार अर्थात १० मे का दिन कुवेतमा भखरै मात्र खुलेको नेपाली मार्ट "सोल्टि एक्स्प्रेस मार्ट" को मुख्य प्रायोजनमा अन्तर…

प्रतिकृयाहरू
...