Thursday 18th June 2026

भारतमा लोकसभाको आज तेस्रो चरणको मतदान हुँदै


भारतमा आज लोकसभा चुनावको तेस्रो चरणको मतदान भइरहेको छ ।

यस चरणमा ११ राज्य र केन्द्र शासित प्रदेशको ९३ सिटमा मतदान भइरहेको छ । तेस्रो चरणमा कुल १।८५ लाख मतदान केन्द्रमा १७।२४ करोड मतदाताले मतदान गर्ने भारतीय निर्वाचन आयोगले जनाएको छ ।

यस चरणमा हाइप्रोफाइल नेताहरु गृहमन्त्री अमित शाह, नागरिक उडड्यनमन्त्री ज्योतिरादित्य सिन्धे, स्वास्थ्यमन्त्री मनसुख मण्डाविया, केन्द्रीय मन्त्री पुरुषोत्तम रुपालालगायत धेरै केन्द्रीय मन्त्रीहरूको भाग्यको फैसला हुनेछ भने डिम्पल यादव, सुप्रिया सुले, दिग्विजय सिंह जस्ता विपक्षी नेताहरूको लोकसभा सीटमा पनि मतदान भइरहेको छ ।

तेस्रो चरणको मतदान हुने राज्यहरूमा आसाम, बिहार, छत्तीसगढ, गोवा, गुजरात, कर्नाटक, मध्य प्रदेश, महाराष्ट्र, उत्तर प्रदेश, पश्चिम बंगाल, दादर नगर हवेली र दमन दीप् छन् ।


सम्बन्धित शीर्षकहरु

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

भारतीय टेलिभिजन श्रृंखला Kumkum Bhagya की अभिनेत्री Sanchita Ugale को २२ वर्षको उमेरमा मुम्बई नजिकैको नालासोपारास्थित निवासमा निधन भएको छ।…

प्रतिकृयाहरू
...