तितोपाटी- हाल देश लक डाउनमा छ , जनस्वास्थ्यको ख्याल गर्दै सरकारले महामारी नियन्त्रणका लागि अत्यावश्यक सेवा बाहेकका क्षेत्रहरु बन्द गरेको छ । व्यवसायिक हिसावले हरेक क्षेत्र खस्किदै गएकोमा दुईमत छैन र पनी डेरी व्यवसाय तथा सो संग सम्वन्धित उद्योगहरु उच्च जोखिम सहित धरासायी हुँदै गएका छन् । कही जनताले दुध र दुग्धजन्य पदार्थ चाहेर पनि खान पाएका छैनन् भने धेरै उत्पादन हुने स्थानहरुमा दैनिक जसो दुध फ्याकिएको छ् र त्यसको भिडियो , फोटो र समाचारहरु सार्वजानिक भएपछी सामाजिक संजालहरुमा बिरोध सुरु भएको छ ।तिनै यथार्थलाई प्रस्ट पार्न र भ्रमहरुलाई चिर्न तितोपार्टी डट्कमका लागि काभ्रेको बनेपा बाट बालकृष्ण घिमिरेले डेरी उद्योग संघ ( DIA ) का अध्यक्ष राजकुमार दाहाल र संघकै पुर्व सदस्य तथा संयुक्त डेरी एण्ड फुडस् प्रालिका प्रवन्धक / संचालक कुल प्रशाद घिमिरे संग गरिएको कुराकानीको आधारमा तयार पारीएको सामाग्री जस्ताको त्यस्तै ।
अध्यक्ष दाहाल
चितवन लगाएतका स्थानहरुमा कृषक तथा दुध सहकारि संस्थाहरुले दुध फ्याकेकै हुन , यथार्थ हो त्यो । फोटो खिचाउन , भाईरलहुन तथा मिडियामा आउनकै लागि त्यसो गरिएको हैन । हामी यो डेरी व्यवसायमा आवद्द भएका कोहिपनी साथीहरु त्यती अबुझ छैनौँ कि पशुपालक कृषकहरु नरेहेमा हामी व्यवसायी रहदैनौँ भन्नेमा हामी ढुक्क छौं । अर्को कुरा संस्थागत किसान टिकेनन् भने पनि हाम्रो व्यवसाय टिक्दैन भन्ने कुरा हामिलाई राम्रो संग थाहाँ छ् । यतिहुँदा हुँदै पनि अहिलेको यो परिस्थिती देखिनु चाँही वाध्यता हो । यसको वास्तविकता के हो भने हामीले जैले पनि दुध उत्पादन हुँदा हाम्रो मुलुकको अवस्था बुझ्नु पर्दछ , त्यो के हो भने कार्तिक मसिर अथवा तिहारको टिका पछाडि जैलेपनी दुध स्वत: उत्पादन बढी हुन्छ । त्यही बेला देखी बजारमा बिक्री भने कम हुन्छ ।अन्य नर्मल समयमा पनि बजारमा बिक्री कम हुने महिना भनेका मंसिर , पौष , माघ , फाल्गुन र चैत्रको आधाआदी सम्म ५० प्रतिशत मात्रै दुग्धजन्य पदार्थ बिक्री हुने महिना हुन ।उत्पादनको हिसावले खपत फाल्गुन चैत्र लागेपछी झन्डै बरावर हुँदै जान्छ र बैशाख लागेपछी उत्पादन कम र बिक्री बितरण ह्वातै बड्दै जान्छ | त्यही भएका कारण र सरकारले अन्य मुलुक बाट आउने धुलो दुध ( पाउडर ) बन्द गर्दिएपछी हामीले चार पाच वर्ष अगाडि देखिनै बढी भएको दुध कन्भर्सन गर्ने र नपुगेको समयमा त्यो धुलो दुध प्रयोग गर्ने यो निरन्त्र गर्दै आएको अवस्था थियो । यसपाली चाँही हाम्रो संघमा आवद्द भएका डेरी उद्योगहरुले एक करोड लिटर भन्दा बड्ता दुध माघ महिना भित्र कन्भर्सन ( पाउडर ) बनाई सकेका थियौँ ।एक करोड भन्दा बढी लिटरको कन्भर्सन खर्च र त्यो स्टक पाउडर दुध उद्योगिहरु संग स्टकमा छ ।
त्यो प्रती लिटर रु ६० का दरले पनि साठी करोड त् कृषकलाई भुक्तानी मात्रै गर्नु पर्यो | उता कन्भर्सन गरेर राखेको धुलो दुध अहिले खपत हुने वाला छैन | त्यो तरल दुधलाई ठोस अर्थात धुलो दुधमा रुपान्त्रण गर्न १३ – १४ करोड त् खर्च लाग्छ । डेरी उद्योगहरुलाई आजको यो अवस्थाले मात्रै हैन जाडो समय देखिनै भार पर्दै गएको हुन्छ ।उता स्टक सामान थपिदै जान्छ र उद्योगहरुलाई लोड पनि थपिदै जान्छ । उद्योगहरुले १५-१५ दिनमा कृषकहरुलाई भुक्तानी भने गर्दै जानु पर्द्छ । त्यो सबै हिसाव गर्ने हो भने आज पनि प्राईभेट डेरी उद्योगहरुमा कम्तिमा १५० करोड बरावरको सामान मौजात रहेको छ् । यो समय भनेको हाम्रो मौजात ( स्टक ) घट्न सुरु गर्ने समय हो र त्यो मौजात हामीले भदौ असोज सम्म सक्थ्यौँ ।अब के भयो भने विश्वब्यापी रुपमा फैलिएको महामरी कोरोनाका कारण हामी मौजात घटाऊनुको साटो फागुन देखिनै पुन थप मौजात ( स्टक ) गर्न वाध्य भयौँ भने मौजातमा बडोत्तरि आयो । कृषकलाई भुक्तानि दिदै जानुपर्ने , कन्भर्सन शुल्क बुझाउनु पर्ने , कर्मचारीहरुको पारिश्रमिक समयमा दिनु पर्ने र स्टक थपिदै जादाँ डेरी उद्योगहरु कसरी संचालन गर्ने हामी दुविधामा छौँ । त्यती मात्रै हैन जव यो महामारिका कारण राज्यले लक डाउनको घोषणा गर्यो तव डेरिका उत्पादनहरुको व्यापार ७० प्रतिशत भन्दा बड्ताले घट्यो ।उता पाउडर ( धुलो दुध उत्पादन गर्ने डेरी ) प्लाण्टमा कार्यरत कर्मचारीहरुले हाम्रो ज्यान भन्दा ठुलो पेशा व्यवसाय हैन हामी यो अवस्थामा काम गर्न सक्दैनौ भन्दा भएका पाउडर बनाउने डेरी समेत बन्द भएको अवस्था छ् ।बजारमा ७० प्रतिशतले व्यापार घट्नु र भएका पाउडर प्लाण्ट पनि बन्द हुनुले डेरी उद्योगहरुले कृषक र सहकारिलाई संकलन गर्न लगाएको दुध भ्याटको भल्व खोल्दै फ्याक्नुको विकल्प रहेन । भएका सिमित कर्मचारीहरुको श्वास्थको ख्याल गर्दै दैनिक आएको दुधलाई प्यासुराईजर रि प्यासुराईजर गरेर भए पनि डेरी उद्योगहरुले उत्पादन लागतमा घाटा सहेर काम गरिरहेको अवस्थामा पनि पार नलाग्ने भएपछी डेरी उद्योगहरुले समेत दैनिक हजारौँ लिटर दुध फ्याकुपर्ने वाध्यता श्रीजना भयो ।अर्कों कुरा बाई प्रोडक जस्तै पनिर , घ्यु , खुवा बनाउन सकिन्थ्यो किन फ्याक्नु पर्यो भन्ने प्रश्नमा के हो भने ति उत्पादनहरु पनि निश्चित समय भन्दा बड्ता भण्डारण गर्न मिल्दैन भने लक डाउन अगावै डेरी उद्योगहरुले प्रयाप्त सामान सुरक्षित गरी सकेको अवस्था छ । सहकारि तथा कलेक्सन सेण्टरहरुले दुग्धजन्य पदार्थ जस्तै पनिर , खुवा , घ्यु , छुर्पी लगाएतका खाध्य सामाग्री उत्पादन गर्ने मेसिन औंजार ( इकुमेण्ट ) हरु पुर्ववत तयारी गरेको अवस्था छैन र त्यो लागत मुल्यमा पनि सम्भव हुँदैन ।सामाजिक संजालमा भनेझै गरिवलाई खिर खान दिने कुरो कत्तिको सान्दर्भिक होला ? जहाँ दुध संकलन हुन्छ त्यहाका कृषक , जनता तथा गरिव निमुखाहरुले दैनिक खिर खाएकै छन , जहाँ पशुपालन गरिदैन त्यहाँ कसरी र कस्ले ढुवानी गरेर खिर ख्वाउन लैजाने हो ? त्यसैले डेरी उद्योग , सहकारि तथा कृषकहरुले लक डाउनको बिरोध गरेर दुध फ्याकेको पनि हैन , सरकारको बिरोध गरेको पनि हैन , सामाजिक संजाल तथा मिडियामा भाईरल हुन त्यो कार्य गरिएको पनि हैन त्यो हाम्रो वाध्यता हो ।यो वाध्यतावाध्यतालाई सबैले बुझ्दिनु हुन्छ भन्ने मेरो विश्वास हो ।
प्रवन्धक कुल प्रशाद घिमिरे
आजको अवस्थामा हामीले हाम्रो व्यवसाय गर्न झनै कठिन हुँदै गएको छ त्यो किन भने सरकारले महामारी फैलिन नदिन लक डाउन तथा होम क्वेरण्टाईनको व्यवस्था गरेको छ् । होटेल , रेस्टुरेन्ट , शैक्षिक संस्थाहरु पूर्ण रुपमा बन्द छन भने अत्याधिक मानिसहरु शहर छाडि गाउँ गएका कारण ७० प्रतिशत भन्दा बड्ता दुग्धजन्य पदार्थको व्यापार घटेको छ् । बाँकी ३० प्रतिशत व्यापार पनि राज्यले नै गर्न दिएको छैन ,कारण ज्यानको बाजी थापेर खोलिएका दुध डेरी लगाएतका अत्यावश्यक पसलहरुमा प्रहरी लौरो बजारदै बन्द गर्दै हिड्छन । सरकार दुध डेरी लगायतका अत्यावश्यक सामाग्रीका पसल खोल्न भन्छ त्यही सरकारको अर्को अंग पसल बन्द गर भन्दै दैनिक २ घण्टा पनि खोल्न दिदैन । राज्यको दोहोरो चरित्र किन ? हामी पनि मानव हौँ , हाम्रो ज्यानको सुरक्षा पनि राज्यले गर्नु पर्दछ ।सुरक्षाको प्रत्याभुती राज्यले गर्छ भने हामी कोरोना रोगको रोग प्रतिरोधात्मक क्षमता भएको दुध र दुग्धजन्य पदार्थ बिक्री गर्ने पसल बिहान देखी बेलुकै सम्म खोलेर आम उपभोक्ताहरुलाई सेवा प्रदान गर्न तयार छौँ । सिमित श्रोत साधनका बिचमा पनि निजी डेरी उधोगहरुले आफ्ना कर्मचारी परिचालन गरी ३० प्रतिशत मात्रै भएपनी व्यवसाय चलाऊने निर्णय गर्दा समेत राज्यको दोह्य चरित्रले डेरी पसल संचालन गर्न दुविधा उत्पन्न भएको छ । कप्तिमा ७० प्रतिशत व्यापार घट्दा समेत डेरी खोल्छौँ भन्ने व्यवसायिहरुलाई राज्यले स्वास्थ लगाएतका बिषयमा गम्भिरताका साथ लिएर कम्तिमा बिहान ७ बजे देखी १० बजे सम्म र साझ ४ बजे देखी ६ बजे सम्म डेरी पसल खोल्ने वातावरण बनाउनु पर्दछ । हैन भने महामारिको गाम्भिरियता बुझी पशुपालक कृषक , दुध संकलन गर्ने ठेकदार , सहकारि , डेरी व्यवसाय गर्ने व्यापारी र डेरी उद्योगीहरुको बैंक रिणको ब्याज मिनाह गर्नुका साथै सहुलियत ब्याज ( सप्सिटी लोन ) रिणको व्यवस्थालाई सतप्रतिशत बृदि गर्नु पर्ने र सामान्य डेरी व्यवसायी , कृषक र उद्योगीहरुलाई सरल तरिकाले रिण उपलब्ध गराउने व्यवस्था मिलाउनु पर्दछ ।