Tuesday 8th July 2025

कोरोना कर्फ्यु उलंघन गर्ने ८ जना डिर्पोट हुँदै


तोयानाथ उपेक्षित – कुवेत सरकारले कर्फ्यु लगाएको कोरोना कर्फ्युको दोश्रो रात उलंघन गर्ने ९ जना मध्ये ८ जना ईजिप्सियनहरुलाई छिट्टै नै डिर्पोट गरिदै गरेको समाचार स्थानिय मिडियामा आएको छ । कर्फ्यु उलंघन गर्नेहरुलाई कडा सजाय दिने यहाँको सरकारले पहिले नै बताए अनुसार सरकार त्यस्ता प्रबृतीको विरुद्ध कठोर बन्दै गएको देखिन्छ । हिजो राती सरकारले ९ जनालाई समातेको थियो । जसलाई आजै सार्वजनिक पनि गरेको छ । स्थानिय नागरिकको हकमा ठुलो रकमको जरिवाना र जेलको सजाय तोकिएको छ ।

हिजै राती केही ठाउँमा कर्फ्युको अवज्ञा हुने गरी हल्ला गर्ने र चिच्याउने समुहहरुको खोजी भईरहेको बताएको छ । अल्लाह हु अकबर भन्दै बिभिन्न ठाउँमा हल्ला भएको भिडियो सोसियल मिडियामा भाईरल भएको प्रति सरकार त्यसरी भिडियो अपलोड गर्नेलाई साईबर क्राईम अन्तरगत कारबाहि गर्ने भएको छ भने हल्ला गर्ने र चिच्याउनेहरुको खोजी अनुसन्धान भईरहेको जनाईएको छ । हिजो महाबुल्ला एरियामा ७ बजे पछि त्यसरी हल्ला भएको सुनिएको थियो । कर्फ्यु अवधीमा अशान्त माहौल छ भन्ने दर्शाउने खालका सामाग्रि कुनै पनि नेपालीका मोवाईलमा आएमा त्यसलाई शेयर गर्ने जोखिम कसैले पनि नमोल्नु होला ।

यसै बीच कुवेत सरकारले जेल सजाय पुरा हुन लागेका र सामान्य प्रकृतिका घटनामा जेलमा रहेकाहरुलाई बाकी अवधी माफी मिनाह गर्दै भारत र फिलिपिन्स पठाएका ४५० कैदीहरुलाई ति देशहरुले बुझ्न नमानेर कुवेत फिर्ता गरेको समाचारहरु पनि आएका छन । सम्बन्धित देशले हेल्थ सर्टि्पिकेट अर्थात कोरोना भाईरस मुक्त भएको प्रमाण विना पठाएकोले आफ्ना नागरिकलाई समेत लिएनन । त्यसरी फिर्ता आएकाहरुलाई पुन प्रक्रिया पुरा गरी पठाउने सम्बन्धमा कुवेतमा रहेका त्यस देशका दुतावासहरुसँग समन्वय भईरहेको समाचारमा जनाईएको छ । बंगलादेश र श्रीलंकाले पनि भारतीय र फिलिपिन्सकै बाटोमा जाने सन्देश प्रवाह गरेका छन ।

कुवेतको ईतिहासमा कर्फ्यु आज सम्म तिन पटक लागेको छ । सन १९५६ अहमादी स्थित तेलको उत्पादन क्षेत्रमा दुर्घटना हुदा त्ससबाट फैलिएको ग्यासबाट मानिसलाई बचाउन पहिलो पटक कर्फ्यु लगाईएको थियो । यसरी नै सन १९९१ मा भएको गल्फ वारका समयमा दोश्रो पटक कर्फ्यु लगाईएको थियो भने अहिले कोरोनाका कारण मानिसको जीवन रक्षा गर्न र कोरोनाको संक्रमण थप फैलन नदिन मार्च २२ बाट २ साताका लागि कर्फ्यु लगाईएको छ । अहिले लगाईएको कर्फ्यु साँझ ५ बजे शुरु भएर विहान ४ बजे समाप्त हुने गर्दछ । दिनको समयमा भने कुवेतलाई लक डाउन गरिएको छ । दिनको समयमा खाद्य भण्डार र सुपरमार्केट, बेकरी र फार्मेसी भने खुल्ला रहने गरेका छन । समुहमा जम्मा हुन मनाही छ भने भिडभाड हुने सार्वजनिक ठाउँ लाई बन्द गरिएको छ । यहाँका स्कुल कलेजहरु अगष्ट ३ सम्मका लागि बन्द गरिएका छन ।

कर्फ्यु लागु गरिए यता संक्रमणको गति पनि रोकिए जस्तो देखिन्छ । यसबीच एक जनामा अस्तिका दिन र आज दुई जनामा संक्रमण भएको जनाईएको छ । हाल सम्म कुवेतमा संक्रमितको संख्या १९१ जना रहेका छन । उनन्चालिस जनाले स्वास्थ्य लाभ गरिसकेका छन । हाल आईसोलेसनमा उपचार गराउने को संख्या १५२ जना छ । क्वारेन्टाईनमा रहेका ५०७ जना घर फर्किसकेका छन । समाचार अनुसार कोरोना संक्रमित १९१ मध्ये २७ जना विदेशी र अरु सवै कुवेती नागरिक हुन । ती मध्ये अधिकांश विदेशको भ्रमणबाट फर्किएका त्यसमा पनि ठुलो संख्या ईरानबाट फर्कनेको छ ।

कुवेत सरकारले जनस्वास्थ्यको हकमा अधिकतम जिम्मेवार र अधिकतम जागरुक भएर काम गरेको देखिन्छ । यहाँको स्वास्थ्य अवस्था सरकारको नियन्त्रणमा रहेको छ । स्थिती विग्रन नदिन सरकार थप कडाई गर्ने मुडमा देखिन्छ । यसै बिच एक स्थानिय मिडीयाले जनाए अनुसार कोरनाको संक्रमण भए नभएको अवस्था ४५ मिनेटमा नै पत्ता लगाउने डिभाईस पनि गल्फ मै पहिलो पटक कुवेतले भित्र्याई सकेको छ ।


सम्बन्धित शीर्षकहरु

तीतोपाटी - कुवेत स्थित तनहुँ सेवा समाज कुवेतले अंग्रेजी नयाँ वर्ष २०२६ को अवसर पारेर आगामी २ जनवरी २०२६ शुक्रबारका…

वर्षौंदेखि उत्तरपश्चिमी साउदी अरबको मरुभूमि प्रायः बालुवाको खाली भाग हो भन्ने सोचाइ थियो जुन कहिलेकाहीं घुमन्ते गोठालाहरूले भ्रमण गर्थे तर…

हमास आतंकवादी समूहले युद्धविराम प्रस्तावमा सहमति जनाएको केही घण्टापछि, इजरायल रक्षा बल (IDF) ले शनिबार (जुलाई ५) रिपोर्ट गरेको छ…

प्रतिकृयाहरू
...