Wednesday 12th November 2025

भारतमा कोरोना संक्रमितको संख्या ६० पुग्यो, ११ राज्य प्रभावित


तितोपाटी- भारतमा कोरोना संक्रमितको संख्या ६० पुगेको छ। सबैभन्दा बढी संक्रमित केरल राज्यमा भेटिएका छन् भने उत्तरदेखि दक्षिणका ११ राज्यमा संक्रमण फैलिएको छ।

राज्यगत रुपमा महाराष्ट्रमा ५, केरलमा १४, कर्नाटकमा ४, तमिलनाडुमा १, राजस्थानमा ३, तेलंगानामा १, जम्मु कश्मीरमा १, लद्दाखमा २, दिल्लीमा ७, हरियाणामा १४ र उत्तर प्रदेशमा ७ जनामा कोरोना भएको पुष्टि भइसकेको छ।

कोरोना बढेपछि भारतीय सरकारले देशभरका सबै विमानस्थलमा यात्रीहरुमाथि निगरानी बढाउने भएको छ भने केन्द्र सरकारले बन्दरगाहमा अन्तर्राष्ट्रिय जहाजको प्रवेशमा रोक लगाएको छ।
राज्य सरकारहरुले पनि सतर्कता अपनाएका छन्। श्रीनगर र लद्दाखमा सबै स्कुल तथा कलेज बन्द गरिएका छन् भने केरलमा सिनेमाघरहरु ३१ मार्चसम्म बन्द गरिएका छन्। यस्तै, सबरीमाला मन्दिरमा श्रद्धालुलाई पनि रोक लगाइएको छ।
भारत सरकारले विदेशबाट आउनेहरुका लागि १५ अप्रिलसम्मका लागि भिसा रद्द गर्ने निर्णय गरेको छ। तर यो प्रतिबन्ध राजनीतिज्ञ, राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय संगठनका कर्मचारीका लागि भने लागू हुनेछैन।


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...