Tuesday 13th January 2026

कुवेतमा कोरोना संक्रमित ६९ पुग्यो,सुरक्षाको उपायहरु अबलम्बन गरौ।


तितोपाटी डटकम- चिनको बुहानबाट शुरु भएको भनिएको कोरोना भाइरस(कोभिड-१९)ले बिश्वभर त्राश फैलाईरहेको बेला कुवेतमा पनि मार्च १०,२०२० का दिन सम्म ६९ जनामा संक्रमण भेटिएको कुवेतको स्वास्थ्य मन्त्रालयले बताएको छ।त्यति मात्र होइन यहाको स्वास्थ्य मन्त्रालयले विभिन्न माध्यमबाट कोरोना भाइरसबाट संक्रमितहरुबाट बच्न अपनाउनु पर्ने विभिन्न सुरक्षात्मक उपायहरु अबलम्बन गर्न अनुरोध गर्दै सबैलाइ सचेत रहन आग्रह गरिरहेको छ।
कुवेतको स्वास्थ्य मन्त्रालय तथा कुवेत सरकारले कोरोना भाइरसबाट बच्न अनि अहिले सम्म के-के भैरहेको छ भनि नियमित गराउदै आएको जानकारिलाई आधार मानी कुवेतबाट प्रकाशित अरब टाइम्स तथा आइमान मात लगाएतमा जनाईए अनुसार कुवेतमा हाल सम्म ६९ जनालाई संक्रमण देखिएको तथा २ जना उपचार पछि घर फर्किएको जनाईएको छ।
यसै बिच कोरोना भाईरसको संक्रमण नफैलियोस भनेर कुवेतले कोरोना संक्रमित बढि भएका विभिन्न देशहरुमा सिधा हवाई उडान रद्ध गरेको छ भने सबै किसिमका नयाँ भिसाहरु बन्द गरेको छ।यति मात्र होइन,फेब्रुअरी अन्तिम साताबाट बन्द गरिएको कुवेतका सम्पूर्ण कलेज र स्कूलहरु थप १५ दिन (मार्च-२६ तारिक सम्म)बन्द गर्ने भएको छ।
कुवेत सरकारले कोरोना संक्रमण कम गर्नको लागि अत्याबश्यक काममा बाहेक धेरै जमघट भएको ठाउमा बाहिर नजान सर्बसाधाराणलाई आग्रह गर्दै सिसा-क्याफे (हुक्का पसल),सिनेमा हल,थृएटर,होटलका बलरुमहरु, बिबाह हल समेत बन्द गरेको छ ।जसले गर्दा सपिङ मलहरु, डिपार्ट्मेन्ट स्टोरहरु, रेष्टुरेन्टहरु लगाएतमा मन्दी छाएको छ भने यसले देशको अर्थतन्त्र तथा आप्रबाशीहरुको रोजि-रोटिमा समेत प्रत्यक्ष असर पर्न थालेको छ।
बिश्व स्वास्थ्य संगठनका अनुसार मार्च १००,२०२० का दिन सम्म कोरोना संक्रमण देखिएकाको संख्या १,१४,५६९ जनामा देखिएको छ। संक्रमितहरु मध्ये ६४,२७१ जना उपचार पछी घर फर्किएका छन भने ४,०२८ जनाको मृत्यु भएको छ।


सम्बन्धित शीर्षकहरु

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

प्रतिकृयाहरू
...